728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    १६ वर्षकी युवतीको पिठ्यु, छाती र अनुहारमा ९ गोली हानियो


    ११ भदौ, एजेन्सी ।भारतको असममा त्यहाँ सक्रिय बडोल्याण्ड लडाकुहरुले एक १६ वर्षीया युवतीलाई विभत्स तरिकारले हत्या गरेका छन् । असमको चिरङ जिल्लाकी १६ वर्षीया प्रिया बसुमतारीलाई उग्रवादी लडाकुहरुले अनुहार, छाती तथा अनुहार र पिठ्युमा ९ गोली दागेर हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका

    छन् ।युवतीको हत्यापछि उग्रवादीहरुले गाउँलेहरुलाई युवतीको लाश नछुन र छोएमा खतरनाक परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए । घटनाको २४ घण्टा पछि पुलिसले घटनास्थल नियन्त्रणमा लिएको छ ।भारत र भूटानको सीमा नजिकै पर्नै पश्चिमी असमको जिरङ जिल्लास्थित घना जंगलको विचमा रहेको द्वीमुगुरी गाउँकी प्रिया गाउँदै झरनामा कपडा धुन र नुहाउन गएकी थिइन् । तर घर फर्किँदा बडो लडाकुहरुले उनको घर घेरेर बसेका थिए । उनलाई पुलिसको सुराकी भएको भन्दा लडाकुहरुले निर्मम कुटपिट गरे । केही बेरमा उनलाई घिसार्दै खेतमा पुर्‍याउँदा गाउँलेहरुको भिड नै लागेको थियो ।त्यही खेतमै उनीहरुले लाश नछुन चेतावनी दिँदै प्रियालाई गोली दागेको प्रहरीले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १६ वर्षकी युवतीको पिठ्यु, छाती र अनुहारमा ९ गोली हानियो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top