728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    महिलाले सुन्न चाहने १० चिज जानी राखौ (सबै पढ्न तलको लिंक मा जानु होला):

    धिकाँश पुरुषहरु महिलाई के मन पर्छ भन्ने आफूले बुझ्न नसकेको गुनासो गर्छन् । यहाँ केही त्यसता कुराको चर्चा गरिएको छ जुन कुरा सुन्न महिलाहरु लालायित हुन्छन् तर पुरुषहरु भने भन्न हिच्किचाउँछन् ।

    यदि कुनै महिलाई आकर्षित गर्न वा खुसी राख्न राहनु हुन्छ भने धेरै केही गर्नु पर्दैन सामान्य बोलीचालीमा उनीहरुलाई मन पर्ने कुरा गरिदिए पुग्छ ।
    तपाइँलाई अचम्म लाग्न सक्छ तर यो सत्य कुरा हो ।
    यदि तपाइँ आफ्नो सम्बन्धमा प्रतिबद्ध हुनुहुन्छ र सम्बन्ध टुट्लाकी भनेर चिन्तित हुनुहुन्छ भने यि महिलालाई मन पर्ने केही कुरा ध्यानमा राख्नुस् ।

    सुन्दरताको बयानः
    पुरुषले जहिले पनि महिलालाई मन पर्ने तीन कुरा मनमा राखि रहनु  पर्छ । सबै महिलालाई मन पर्ने खाना, दराजमा नयाँ नयाँ कपडा र पुरुषहरुले आफ्नो सुन्दरताको बयान गरेको मन पर्छ । महिलाई तिमी राम्री छौ भन्दिँदा जित खुसी अरु केही गर्दा नि लाग्दैन । कुनै पुरुषले तिमीलाई यो कपडा राम्रो देखिएको छ भन्यो भने मख्ख पर्छन् । ३० वर्षकी महिला पनि यो उमेरमा पनि कस्तो सेक्सी देखिएको भन्दा फुरुक्क पर्ने  हुन्छन् ।

    'तिमी मेरो पहिलो प्रेम हो'

    महिलालाई तिमी मेरो पहिलो प्रेम हो भन्यो भने मख्ख पर्छन् किन भने उनीहरुलाई यो एक मात्र महिलालाई प्यार गर्ने पुरुष हो भन्ने पर्छ ।

    सँगै सुत्दा प्रशंसा गर्नुस्

    जुन सुकै महिला पनि आफ्नो प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी सँगै सुतिरहेको समयमा प्रशंसा गरेको महिलालाई खास मन पर्छ । यसो गर्दा तपाइँ सेक्स जीवनमा सन्तुष्ट हुनुहुन्छ भन्ने प्रभाव पर्छ र महिला खुसी हुन्छन् ।

    'तिमी असल आमा बन्न सक्छौ'

    कुनै पनि महिला आमा बन्न लालियत हुन्छन् । त्यसकारण उनीहरुलाई तिमी असल आमा बन्न सक्छौ भनिदियो भने अति खुसी हुन्छन् । महिलाहरुमा बच्चा सम्हाल्न सक्छु कि सक्दिन भन्ने पिर मनमा हुने हुँदा पनि यसो भन्न जरुरी हुन्छ ।

    भावुकताको कदर गर्नुस्

    सबैजसो महिलाहरु भावुक हुन्छन् । तिमी मेरो जीवन साथी बन भनेर भन्दा महिलाहरु पग्लिन्छन् । त्यति भनेकै भरमा तपाइँले उनीहरुको मनमा राज गर्न सक्नु हुन्छ ।

    हरेक कुरामा सल्लाह लिनुस्

    महिलाहरु साना सान कुरामा पनि उनीहरुसँग सल्लाह लिएको मन पराउँछन् । तपाइँले मोबाइल किन्दा होस् या गाडी किन्दा महिलासँग तिमीलाई कुन मन पर्छ भनेर सोध्नु भो भने उनीहरु खुसी हुन्छन् । यसले उनीहरुलाई सम्मानित पनि अनुभव गराउँछ ।

    'तिमी मेरी सबैभन्दा नजिकको साथी हो'

    कुनै पनि स्त्री आफूलाई कुनै पुरुषले साथी भनेको सुन्न लालायित   हुन्छे । उनीहरुलाई केवल सुन्दरता र शरीरको बर्णनले मात्र पुग्दैन उनीहरुलाई साथी बनाएको बढी मन पर्छ ।

    महत्व बुझाउनुस्

    स्त्रीहरुलाई पुरुषले महत्व दिएको मन पर्छ । तिमी मेरो जिन्दगी हो भनेमा उनीहरु मख्ख पर्छन् । तिमी मेरो जीवनमा कति महत्वपूर्ण छौ भन्ने कुरा सँधै बुझाउनुस् ताकि उनीहरुलाई आफ्नो गहनता महसुस हुन्छ ।

    आई लभ यू

    आई लभ यू अर्थात म तिमीलाई प्रेम गर्छु भन्ने केवल तिन शब्दले महिलाको मन सहजै जित्नै सकिन्छ । महिलाहरु आई लभ यू भनेको सुन्न लालियत हुन्छ । यद्यपी यस्को प्रयोग भने सही समयमा गर्नु  पर्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: महिलाले सुन्न चाहने १० चिज जानी राखौ (सबै पढ्न तलको लिंक मा जानु होला): Rating: 5 Reviewed By: Unknown
    Scroll to Top