728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    नेपालीको मृत्यु भएपछि मलेसियाली कम्पनीमा कामदारले आगो लगाए

    काठमाडौं, भदौ ११– एक नेपाली कामदारको मृत्यु भएपछि आक्रोसित कामदारले मलेसियास्थित
    इलेक्ट्रोनिक्स सामग्री निर्यात कम्पनी जेसिवाइ इन्टरनेशनलमा आगो लगाइदिएको समाचार छ ।


     कम्पनीमा आगो लगाएको अभियोगमा नेपालीसहित कम्तिमा ४२ जना कामदारलाई स्थानीय प्रहरीले पक्राउ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।


     आगो लगाउने काममा १ हजार भन्दा बढी नेपाली कामदारको पनि संलग्नता  रहेको भन्दै नेपालीहरू पनि पक्राउ परेका हुन्। कम्पनीमा ७ देखि ८ हजार नेपाली कार्यरत छन्। कम्पनीको लापरवाहीको कारण बिहीबार छातिको बिरामी परेका झापाका हर्कबहादुर निरौलाको मृत्यु भएको थियो ।


     सोहि घटनालाई लिएर कामदार र कम्पनीबीच विवाद चर्किएपछि कम्पनीमा आगो लगाइएको समाचारमा जनाइएको छ । घटनामा संलग्न रहेको भन्दै नेपालीसमेत पक्राउ गरेपछि क्वालालम्पुरस्थित नेपाली दूताबासका अधिकारी घटनास्थल पुगेको बताइएको छ 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालीको मृत्यु भएपछि मलेसियाली कम्पनीमा कामदारले आगो लगाए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top