728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    वि.सं. २०७३ सालबाट मात्र देशमा शान्ति हुन्छः भविष्यवाणी | .

    काठमाडौँ , १० भदौ
    पूर्वी नेपालको धनकुटामा २३ वर्ष अघि जन्मिएर हाल जावलाखेल ललितपुरमा बस्ने युवा ज्योतिष सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन् । उनले अहिलेसम्म पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेतृ पम्फा भुषाल, नायीका रेखा थापा लगायतका चर्चित अनुहारको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन् ।

     सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै ११ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् । प्रस्तुत छ उनै माताजीसंग हरेकपल डट कमको घुम्ने मेचमा गरिएको सवाल जवाफको सम्पादित अंश ।

    तपाईलाई के भनेर सम्बोधन गरौं ?
     जे भने पनि हुन्छ, भविष्यबाणी हेर्ने पेशा हो मेरो । मैले ज्योतिष विद्या अध्ययन गरेको होइन । मलाई स्वतः अलौकिक शक्ति आएको हो । मलाई यो सवै भगवानका कृपाले प्राप्त भएको हो । अध्ययनको कुरा गर्नुपर्दा मैले स्नातक तह अध्ययन गर्दै थिए । कारणबस म यही भविष्यबाणी हेर्ने क्रममै व्यस्त भएर पढाईलाई निरन्तरता दिन सकिन । तर अध्ययनलाई मैले पुरा गरेरै छाड्छु । 

    ज्योतिष विद्या पढ्ने रहर छ की यसैले पुग्छ ?
    ज्योतिष विद्या पढ्ने भन्दा पनि, मलाई अझै बढी अलौकिक शक्ति प्राप्त हुन्छ की भन्नेमा म छु । 


    कसरी प्राप्त हुँदोरैछ अलौकिक शक्ति भन्न मिल्छ ?
    मैले मिडियामा भने मात्र त हो मेरो बारेमा अरुले जान्ने । मैले यो कुरा नभन्नु भनेको म भित्र रहेको कललाई लुकाएर राख्नु जस्तै हो । मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । मैले हेर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ ।

     यो सबै पोजेटिभ थिङ्किङ् र पवित्र मन भयो भने आउने हो । पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो । बोलीकै भरमा मैले साढे ४ लाख बढी मान्छेको भविष्यबाणी गरिसकेको छु । आवाजबाटै मान्छे नदेखिकनै । यसैगरी ६ लाख जतिसँग मैले प्रत्यक्ष भेटिसकेकी छु । सबै कुरा अलौकिक शक्तिले पनि हो ।

     ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु पनि मैले भेट्ने अवसर पाएँ । उहाँहरु चाही जन्म कुण्डली नक्षेत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो । चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन । मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु । 
    मैले यसैको माध्यमबाट धेरै  व्यक्तिहरुसँग भेट गर्ने अवसर पाए ।  म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वि.सं. २०७३ सालबाट मात्र देशमा शान्ति हुन्छः भविष्यवाणी | . Rating: 5 Reviewed By: Unknown
    Scroll to Top