728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    कागतीका १० फाइदाहरु के के हुन ?????????

    कागती एक, गुण अनेक
    कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ ।
    यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।
    १. मसीको दाग हटाउनका लागिः
    कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।
    २. नङलाई चम्काउँदछः
    नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ ।
    ३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः
    सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ ।
    ४. कपाल चम्किलो बनाउन:
    यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ ।
    ५. चपिङ बोर्डको सफाईः
    हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ ।
    ६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः
    के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।
    ७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः
    कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ ।
    ८. चाँयाः
    कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् ।
    ९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः
    कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ ।
    १०. खानालाई ताजा राख्न मद्दत गर्दछः
    तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ ।
    ११. कम खर्चमा घरलाई सजाउनुहोस्ः
    गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ ।
    १२. माइक्रोवेभको सफाईः
    माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् ।
    १३. दाग धब्बा हटाउनुहोस्ः
    खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कागतीका १० फाइदाहरु के के हुन ????????? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top