728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    हिमालयन बैंकद्धारा नेपालमै पहिलो पटक युनियन पे कार्ड जारी

    काठमाडौं, भाद्र १० । अर्थमन्त्री डा.रामशरण महतले अब जलविद्युतमा राजनीति गरिनहुँदैन भन्ने विषयमा निजी क्षेत्रको पनि सामूहिक आवाज
    आउनुपर्नेमा जोड दिएका छन् ।

     सरकार लोडसेडिङ न्यूनीकरण र औद्योगिक विकासका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि निजी क्षेत्रले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताएका हुन् ।

    काठमाडौं, भाद्र १० । हिमालयन बैंकले नेपालमै पहिलो पटक ‘एचवीएल युनियन पे इन्टरनेसनल कार्ड’ ल्याएको छ । बैंकले चीनको चाइना युनियन पे अन्तर्गतको युनियन पे इन्टरनेसनलसँग सहकार्य गरी यो कार्ड ल्याएको हो । बैंकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्ड सार्वजनिक गरेको हो ।

    नेपालका लागि चिनिया राजदूत उ चुन्ताइ, बैंकका अध्यक्ष अशोक राणा र युनियन पे इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत डेभिड लीले संयुक्त रुपमा कार्ड सार्वजनिक गरेका हुन् । चीन तथा अन्य मुलुकको यात्रामा कार्ड अन्यन्त सहयोगी रहने बैंकको भनाइ छ ।

    यो कार्ड सामान, सेवा खरिद तथा भुक्तानीका लागि सजिलो सुरक्षित र भरपर्दो रहेको बैंकको भनाइ छ । यो १ सय ४० भन्दा बढी मुलुकका एटीएम र पस मसिनमा प्रयोग गर्न सकिने जनाइएको छ ।

    राजदूत चुन्ताइले नेपाल र चीनबीच बढ्दै गएको आर्थिक सम्बन्धलाई सहज बनाउन यस्ता सेवा थप सहयोगी हुने उल्लेख गरे
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हिमालयन बैंकद्धारा नेपालमै पहिलो पटक युनियन पे कार्ड जारी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top