728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    पुरुष किन वेश्यालय जान्छन् ?

    वेश्यालयमा जाने पुरुषसँग प्रायः आ–आफ्नै तर्क हुन्छ । केही पुरुष आफ्नो निरस वैवाहिक जीवनबाट मुक्त
    हुन त कोही एकाकी जीवनको निरसता हटाउन यौनकर्मीकहाँ जाने गर्छन् ।
    केहीका लागि सेक्स एउटा नशाजस्तो हुन्छ भने केही वैवाहिक जीवनको जटिलताबाट बच्नका लागि यस्तो
    गर्छन् । फ्रेड र लारा पछिल्लो ६ वर्षदेखि एक अर्कालाई चिन्छन् । तर,फ्रेड लारासँग समय विताएको र सेक्स गरेको पैसा तिर्छन् । सेक्सका लागि पैसा तिर्नु कति जायज हो भन्ने बहस उनीहरुबीच चल्छ ।
    जागिरबाट सेवा निवृत भएका फ्रेडले लारालाई इन्टरनेटमा भेटेका थिए । अहिले उनीहरु एकअर्कासँग यति घुलमिल भइसकेका छन् कि लारालाई भेट्न आउनुभन्दा पहिले नै फ्रेड उनको खातमा पैसा ट्रान्सफर गर्छन् । फ्रेड ग्रामिण क्षेत्रमा बसोबास गर्छन् र वर्षौदेखि आमाको हेरचाह गर्छन् । भन्छन्,‘मसँग मान्छेहरु भेट्ने फुर्सद छैन,त्यसैले सेक्सका लागि पैसा खर्च गर्ने निर्णय गरेको हुँ ।’

    उता रोवर्ट भने अर्कै कारण पैसा खर्च गर्छन् । धेरै वर्षदेखि वैवाहिक सम्बन्धमा रहेका रोबर्ट भन्छन्,‘मलाई सेक्स धेरै मन पर्छ । तर मेरो विवाह यस्तो महिलासँग भएको छ जसलाई सेक्स त टाढाको कुरा अँगालो मार्नु र चुम्बन गर्नु पनि मन पर्दैन । तैपनि उनी राम्री जीवनसाथी हुन्’ उनी भन्छन् ,‘म यो विवाहलाई कायम राख्न चाहन्छु । त्यसैले मैले यौन सन्तुष्टीका लागि यो बाटो रोजेको हुँ ।’आजको राजधानी दैनिकले खबर छापेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पुरुष किन वेश्यालय जान्छन् ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top