728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    जलविद्युतका लागि निजी क्षेत्रको पनि सामूहिक आवाज चाहियो : अर्थमन्त्री

    काठमाडौं, भाद्र १० । अर्थमन्त्री डा.रामशरण महतले अब जलविद्युतमा राजनीति गरिनहुँदैन भन्ने विषयमा निजी क्षेत्रको पनि सामूहिक आवाज आउनुपर्नेमा जोड दिएका छन् ।

     सरकार लोडसेडिङ न्यूनीकरण र औद्योगिक विकासका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि निजी क्षेत्रले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताएका हुन् ।

    नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार सचिवालयमा गरेको बजेट पश्चातको अन्तरक्रिया सम्बोधन गर्ने क्रममा अर्थमन्त्री महतले मुलुकलाई चाँडोभन्दा चाँडो लोडसेडिङबाट मुक्त गर्न निजी क्षेत्रलाई पनि ओपिनियन मेकिङमा सकारात्मक भूमिका खेल्न आह्वान गरे । भारतसँग उर्जा व्यापार सम्झौता गरिनुपर्ने निजी क्षेत्रको मागलाई सम्बोधन गर्ने क्रममा उनले उक्त आग्रह गरेका हुन् । 

    बजेटमा साना उद्योगी–व्यवसायीलाई नसमेटिएको गुनासो गरिएकोमा उनले कृषि, बन्द अवस्थामा रहेका तयारी पोसाक उद्योगलाई उठाउन विशेष प्रयास गरिएको बताए । निर्माण सामग्रीको समस्या केही स्वाभाविक र केही कृत्रिम भएको भन्दै उनले सरकारी मापदण्ड मान्दै मान्दैनौ भन्ने व्यवसायीको रवैया ठीक नभएको पनि उल्लेख गरे । कानुन नमानेर कर नतिर्नेलाई उन्मुक्ति दिन भ्याटको दायरा बढाउन नमिल्ने भएकाले बजेटमा ल्याउन नसकिएको उनले बताए । कार्यक्रममा निजी क्षेत्रले बजेटको प्रशंसा गदै प्रभावकारी कार्यान्वयनको माग गरेका थिए ।

     निर्माण क्षेत्रको समस्याले यस बर्ष पनि पूँजीगत खर्चको प्रभावकारी कार्यान्वयनमा आशंका व्यक्त गर्दै समस्याको चाँडो समाधान गर्न ध्यानाकर्षण गराएका थिए । यस्तै, राजश्व समितिको सभापति सौरभ ज्योतिले बजेट सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जलविद्युतका लागि निजी क्षेत्रको पनि सामूहिक आवाज चाहियो : अर्थमन्त्री Rating: 5 Reviewed By: Unknown
    Scroll to Top