728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 31, 2014

    नेपाल फर्कन नपाएपछि कुवेतस्थित दूतावासको सेल्टरबाट २८ जना महिला बाहिरिए

    वराज पन्थी
    कुवेत । कुवेतस्थित नेपाली दूतावासले सञ्चालन गरेको सेल्टरको ढोका फोडेर २८ जना नेपाली महिला बाहिर निस्केका छन् । दूतावासले चलाएको सेल्टरमा रहेको २ सय ४० जना महिलामध्ये २८ जना गत शुक्रबार सेल्टरको ढोका फोडेर बाहिरिएका हुन् ।

    नेपाल फर्काउन भन्दै सेल्टरमा लामो समयदेखि राखिएका ती महिलाले घर फर्कन नपाएपछि सेल्टर तोडेका हुन् । सेल्टरबाट बाहिरिएका २८ जना युवतीमध्ये १० जना उनीहरू केटा साथी र अन्य सहयोगीसँग हिँडेको बताइएको छ । सेल्टरबाट निस्केका तीनजनालार्इ एजेन्टले लगेका थिए भने बाँकी १५ जना दूतावास नजिकै अलपत्र थिए ।
     दूतावासको सेल्टरबाट बाहिरिएर अलपत्र १५ जनाले दूतावासले घर फर्काउन पहल नगरेकाले पुनः दूतावास नफर्कने बताएका थिए । सेल्टरमा राखिएका महिला कामदारलार्इ कुवेत सरकारले नेपाल फर्कन अनुमति नदिँदा ढिलार्इ भएको हो ।
    बाहिरिएका महिलालाई जनजागृति युवा समाजका अध्यक्ष दीपक क्षेत्री र आइसीसीका कोअर्डिनेटर सुजन केसीले दूतावास फर्कन भन्दा नेपाल फर्कने वातावरण नभएसम्म नफर्कने अडान लिएका थिए । दूतावासले सेल्टरमा राखेका महिलालार्इ कुवेतले अनुमति नदिएसम्म घर फर्काउने अवस्था छैन ।
    ‘जबसम्म कुवेत सरकारले फर्कने अनुमति दिँदैन, तबसम्म हामी कसैलाई नेपाल पठाउन सक्दैनौं, उनीहरुलाई सेल्टरमा खान, बस्नर स्वास्थ्योपचार गर्दै राखेका छौं’, कार्यबाहक राजदूत विशाल भट्टराईले भने, ‘हामी दिनरात खटेर उनीहरुलाई नेपाल पठाउन लागि राखेका छौ, बस्दैनौ भन्नेलाई हत्कडी लगाएर राख्ने कुरा भएन ।’
    विदेशमा भएपछि त्यहीँको कानुन मान्नुपर्ने बताउँदै राजदूत भट्टरार्इले महिला कामदारले तत्कालै नेपाल पठाउन भनेको माग पूरा गर्न नसकिने बताए । यो समस्याबारे नेपाल सरकारले सोच्नुपर्ने कार्यवहाक राजदूत भट्टरार्इले बताए ।
    घरेलु काम गर्न कुवेत आएका महिला कष्टकर दैनिकी खप्न नसकेर दूतावासमा पुग्ने गर्छन् । शरण लिने महिलाले तलब पाएका हुँदैनन् भनेशारीरिक र मानसिक यातना पनि त्यतिकै पाएका हुन्छन् । यौन दुराचार भोग्ने महिलाको पीडा वर्णन गरेर सकिन्न । दूतावासले सेल्टर खोलेयता हालसम्म चार हजार बढी महिलालाई उद्दार गरी नेपाल फर्काएको छ । उद्दार गरिएका महिलाले महिना दिनदेखि वर्षसम्म सेल्टरमा बिताउने गरेका छन् ।
    दूतावासमा शरण लिने महिलालाई दूतावासले समेत चाहेको बेला पठाउन सक्ने अवस्था नरहेकाले नेपालका श्रममन्त्रीले खुल्ला गर्न दिएको ठाडो आदेशलाई कुवेतका नेपाली संघसंस्था र दूतावासले समेत विरोध गरेको थियो । दुई देश बीचको सम्झौ कार्यान्वयन, सुरक्षाको प्रत्याभूति र तलबको ब्यवस्था नभएसम्म घरेलु कामदार खुल्ला गर्न माग भइरहेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल फर्कन नपाएपछि कुवेतस्थित दूतावासको सेल्टरबाट २८ जना महिला बाहिरिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top