728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    घरमा पत्‍नी मोजमस्तीमा पति परदेशमा पसिना बगाउँदै

    काठमाडौं, भदौं १२ । प्रहरी मुठभेडमा मरिएका भनिएका दिनेश अधिकारी चरिकी प्रेमिका खुस्बु ओलीको बाबुले पत्रकाहरुको खुट्टा भाच्ने धम्की दिएपछि पत्रकार ऋषि धमलाले आपत्ति जनाएका छन् । 
    खुस्बुका बाबु श्याम वलीले दैनिक नेपालका सम्पादक गणेश पाण्डे र दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई टेलिफोन गरेर आफ्नो छोरीको विषयमा समाचार लेखे हात खुट्टा भाँचिदिने धम्कि काठमाडौं : स्वदेशमा केही सीप नलागेपछि अन्तत: वैदेशिक रोजगारमा जाने निर्णयमा पुगे, खोटाङका चन्द्र राई (नाम परिवर्तन)। दुई बच्चाका बाबु चन्द्र २०६६ मा साउदी अरबतर्फ हानिए। पत्‍नीलाई सबै जिम्मेवारी सुम्पँदै, जीवन सपार्ने सपना देखेर साउदी उडेका चन्द्रले लगातार पत्‍नी रूपा (नाम परिवर्तन) लाई पैसा पठाउन थाले। ललितपुरमा बस्दै आएकी रूपामा पैसाको बिटो देखेपछि उकुसमुकुस हुन थाल्यो। उनी मिठो खाने र राम्रो लगाउन होटेल तथा सुपरमार्केट धाउन थालिन्। यो क्रम चलिरह्‍‍यो।


    कलेज पढ्ने छोरीले समेत आमा रूपाको व्यवहारप्रति शंका गर्न थालेकी थिइन्। रूपाले व्यापार गर्ने कुरा गर्दा लिम्बू थरका एक युवा उनको सम्पर्कमा आए। बिस्तारै उनीहरूबीच शारीरिक सम्पर्कसमेत भयो। यो क्रम २०७० चैतसम्म चलिरह्‍यो। रूपाले छोराछोरी छाडेर लिम्बूसँग हिँडिन्। साता दिनसम्म रूपा गायब भएपछि उनका परिवारले प्रहरीमा निवेदन दिए। लिम्बूसँग पोखरा घुम्दै गरेका बेला प्रहरीले रूपालाई पक्राउ गर्‍यो। साउदीबाट झिकाएर घटनाबारे जानकारी दिँदा चन्द्र छाँगाबाट खसेजस्तो भए। विदेशबाट पठाएको १० लाख रुपैयाँ पनि छैन, पत्‍नी परपरुषसँग लागेपछि उनले मन थाम्न सकेनन्। चन्द्रले रूपालाई घर लगे।

    भोजपुरकी राई थरकी एक महिला पनि पतिले कुवेतबाट पठाएको ४० लाख रुपैयाँ र गरगहना लिएर परपुरुषसँग सम्बन्ध गाँस्न पुगेको उजुरी ललितपुर प्रहरीमा परेको छ। यो पनि २०७० कै घटना हो। पति राजेन्द्र राई (नाम परिवर्तन) ले आफू विदेश जाने बेला पत्नीलाई किराना पसल राखिदिए। कुवेत गएर धमाधम पैसा पठाउन थाले। सात वर्षसम्म चलेको यो प्रक्रिया दुई महिनाअघिबाट अन्त्य भयो। राजेन्द्रकी पत्नी अर्कै केटासँग भागिन्।


    यस्ता प्रकृतिका उजुरी ललितपुर प्रहरीमा मासिक चारवटा, काठमाडौंमा मासिक ६ देखि सातवटा र भक्तपुरमा दुईवटा पर्ने गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा अहिले यस्ता तीन दर्जन घटना अनुसन्धानकै क्रममा छ। प्रहरीले हेर्न नमिल्ने घटना भए पनि खोजतलास गरिरहेको छ। ललितपुर परिसरमा अहिले १७ वटा घटना अनुसन्धानकै क्रममा छ भने भक्तपुर परिसरमा पाँचवटा छन्।

    विदेशिएका पतिले पठाएको पैसाले स्वदेशमा पत्‍नीले मोजमस्ती गरी घर छाडेर परपुरुषसँग जाने गरेका धेरै घटना प्रहरी अनुसन्धानमा छन्।

     काठमाडौं : स्वदेशमा केही सीप नलागेपछि अन्तत: वैदेशिक रोजगारमा जाने निर्णयमा पुगे, खोटाङका चन्द्र राई (नाम परिवर्तन)। दुई बच्चाका बाबु चन्द्र २०६६ मा साउदी अरबतर्फ हानिए। पत्‍नीलाई सबै जिम्मेवारी सुम्पँदै, जीवन सपार्ने सपना देखेर साउदी उडेका चन्द्रले लगातार पत्‍नी रूपा (नाम परिवर्तन) लाई पैसा पठाउन थाले। ललितपुरमा बस्दै आएकी रूपामा पैसाको बिटो देखेपछि उकुसमुकुस हुन थाल्यो। उनी मिठो खाने र राम्रो लगाउन होटेल तथा सुपरमार्केट धाउन थालिन्। यो क्रम चलिरह्‍‍यो।


    कलेज पढ्ने छोरीले समेत आमा रूपाको व्यवहारप्रति शंका गर्न थालेकी थिइन्। रूपाले व्यापार गर्ने कुरा गर्दा लिम्बू थरका एक युवा उनको सम्पर्कमा आए। बिस्तारै उनीहरूबीच शारीरिक सम्पर्कसमेत भयो। यो क्रम २०७० चैतसम्म चलिरह्‍यो। रूपाले छोराछोरी छाडेर लिम्बूसँग हिँडिन्। साता दिनसम्म रूपा गायब भएपछि उनका परिवारले प्रहरीमा निवेदन दिए। लिम्बूसँग पोखरा घुम्दै गरेका बेला प्रहरीले रूपालाई पक्राउ गर्‍यो। साउदीबाट झिकाएर घटनाबारे जानकारी दिँदा चन्द्र छाँगाबाट खसेजस्तो भए। विदेशबाट पठाएको १० लाख रुपैयाँ पनि छैन, पत्‍नी परपरुषसँग लागेपछि उनले मन थाम्न सकेनन्। चन्द्रले रूपालाई घर लगे।

    भोजपुरकी राई थरकी एक महिला पनि पतिले कुवेतबाट पठाएको ४० लाख रुपैयाँ र गरगहना लिएर परपुरुषसँग सम्बन्ध गाँस्न पुगेको उजुरी ललितपुर प्रहरीमा परेको छ। यो पनि २०७० कै घटना हो। पति राजेन्द्र राई (नाम परिवर्तन) ले आफू विदेश जाने बेला पत्नीलाई किराना पसल राखिदिए। कुवेत गएर धमाधम पैसा पठाउन थाले। सात वर्षसम्म चलेको यो प्रक्रिया दुई महिनाअघिबाट अन्त्य भयो। राजेन्द्रकी पत्नी अर्कै केटासँग भागिन्।


    यस्ता प्रकृतिका उजुरी ललितपुर प्रहरीमा मासिक चारवटा, काठमाडौंमा मासिक ६ देखि सातवटा र भक्तपुरमा दुईवटा पर्ने गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा अहिले यस्ता तीन दर्जन घटना अनुसन्धानकै क्रममा छ। प्रहरीले हेर्न नमिल्ने घटना भए पनि खोजतलास गरिरहेको छ। ललितपुर परिसरमा अहिले १७ वटा घटना अनुसन्धानकै क्रममा छ भने भक्तपुर परिसरमा पाँचवटा छन्।

    विदेशिएका पतिले पठाएको पैसाले स्वदेशमा पत्‍नीले मोजमस्ती गरी घर छाडेर परपुरुषसँग जाने गरेका धेरै घटना प्रहरी अनुसन्धानमा छन्।

     पतिपत्‍नीवीच लामो समयसम्म शारीरिक एवं फोन सम्पर्क नहुनु, महिलामा छिट्टै पैसा आर्जन गर्न सकिन्छ भन्‍ने भावना जागृत हुनु, देखासिकी बढ्नु, विदेश गएपछि छुट्टीमा समेत घर नआएर सम्पर्कविहीन भएर बस्नुलगायतका कारणले यस्ता समस्या आएको प्रहरी निष्कर्ष छ।

    ललितपुर परिसरका प्रवक्ता डीएसपी पवनकुमार गिरीले भने, 'लोग्ने विदेशिएपछि केही महिलामा लामो समयसम्म यौनकुण्ठा हुने भएकाले पनि आवश्यकता पूर्तिका लागि परपुरुषसँग सम्बन्ध गाँस्ने र लोग्नेले पठाएको पैसा समेत हिनामिना गरी भाग्ने गरेका थुप्रै उदाहरण छन्।' महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्तबहादुर पालका अनुसार पतिले पैसा पठाउन थालेपछि सबै कर्तव्य भुलेर देखासिकीमा लागेर मोजमस्तीमा जीवन बिताउने बानी पर्दा पतिलाई छाडेर जाने गरेका घटना थुप्रै रहेको बताए।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: घरमा पत्‍नी मोजमस्तीमा पति परदेशमा पसिना बगाउँदै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top