728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    विमानस्थल सुधार गर : चिनियाँ राजदूत

    काठमाडौं, भाद्र ११ । नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले चीन सरकार चीनमा नेपाली उत्पादनका लागि बजार प्रवद्र्धनमा सहयोग गर्न हरदम तयार रहेको बताएका छन् ।

     नेपालले ठोस योजना र प्रस्ताव ल्याए आफ्नो सरकार सहयोगका लागि तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेपाल चेम्बर अफ कमर्समा भएको साक्षात्कारका अवसरमा उनले पछिल्लो समय नेपाल चीनबीचको व्यापारमा बृद्धि आइरहेको उल्लेख गरे । चीनमा निर्यात हुने ९५ प्रतिशत नेपाली वस्तुलाई भन्साररहित प्रवेशको सुविधा दिइरहेको स्मरण गराउँदै उनले नेपालको त्यसतर्फ निर्यात पनि बढेको तथ्यांक प्रस्तुत गरे ।

    नेपालमा चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी पनि ऐतिहासिक स्तरमा पुगेको भन्दै उनले नेपालले तिब्बतलगायत क्षेत्रका पर्यटक भित्र्याउन ठोस पहल गर्नुपर्नेमा जोड दिए ।

    तीब्बतमा जाँडो मौसममा धेरै चिसो हुने तर नेपालमा मौसमा अनुकूल हुने भएकाले धेरै तिब्बतीलाई यो समयमा नेपाल भित्र्याउन सकिने उनको धारणा छ ।

    तर, यसका लागि नेपालले अन्तर्राष्ट्रिय विमानस्थल लगायत लुम्बिनी, पोखराका विमानस्थलमा सुधार गर्नुपर्ने उनले सुझाब दिए । यसका लागि चेम्बर अफ कमर्सले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विमानस्थल सुधार गर : चिनियाँ राजदूत Rating: 5 Reviewed By: Unknown
    Scroll to Top