काठमाडौं, भाद्र १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा छापा मारी भारी मात्रामा कागजपत्र बरामद गरेको छ । आज विहान कार्यालय समय शुरु हुने वित्तिकै पुगेको अख्तियारको टोलीले सुन्धारास्थित बागदरबारमा रहेको महानगरपालिका कार्यालय र टेकुस्थित विभागमा छापा मारेको थियो ।
५० जनाको संख्यामा रहेका अख्तियारका कर्मचारीले महानगरपालिकाका ६ वटा विभाग र ४ वटा आयोजनाबाट झण्डै एक ट्रक कागजपत्र नियन्त्रणमा लिएका थिए । छापा मारिएका विभागहरुमा शहरी, भौतिक योजना, प्रशासन, आर्थिक, वातावरण र जनस्वास्थ्य रहेका छन् ।
यस्तै चमती, मनोहरा, नयाँबजार जग्गा एकीकरण आयोजना र हनुमानढोका दरबार संरक्षण आयोजनामा छापा मारिएको थियो ।महानगर पालिकामा अनियमितता तथा भ्रष्टाचार बढेको उजुरी परेपछि छापा मारेको र कागपत्रहरुको अनुसन्धानबाट तथ्यहरु खुल्ने अख्तियारले जनाएको छ । अख्तियारलाई सवै विभागबाट कागजपत्र नियन्त्रणमा लिन दुइघण्टा भन्दा बढी समय लागेको थियो ।
.jpg)
0 comments:
Post a Comment