728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    भारतीय राजदूतको विरोधमा वैद्य माओवादीद्धारा चितवन बन्द आह्वान

    चितवन, भाद्र १३ । भारतीय राजदूत रञ्जित रेको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज
    चितवन बन्द गरेको छ । बन्दको प्रभाव भने सामान्य रहेको छ ।

    स्थानीय रुटका केही सवारी साधानहरु सञ्चालनमा आउन सकेका छैनन् भने लामो यात्राका गाडीहरु निर्वाध रुपमा सञ्चालित छन् । बन्दको अवज्ञा गरेको भन्दै  आन्दोलनकारीले शान्ति चोकमा एउटा यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।

    बन्द गराउँदै हिडेका नेकपा–माओवादीका जिल्ला नेतासहित करिब २१ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    माडीमा भारत सरकारले निर्माण गरेको माडी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको समुद्घाटन गर्न भारतीय राजदूत रे चितवनमा रहेका बेला बन्द आह्वान गरिएको हो । -
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय राजदूतको विरोधमा वैद्य माओवादीद्धारा चितवन बन्द आह्वान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top