728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 17, 2014

    यस्तो थियो विश्वकै पहिलो स्मार्टफोन

    विश्वकै पहिलो स्मार्ट फोन आइबिएम सिमोन बजारमा आएको आज २० वर्ष पुगेको छ । यो फोन पहिलो पटक सन् १९९४ अगस्त १६ का दिन बिक्री भएको थियो । आइबिएम र अमेरिकी सेल्युलर कम्पनी बेलासउथले मिलेर तयार गरेको उक्त फोन १ घण्टा ब्याट्री पावरसहीत पाइन्थ्यो ।२३ सेन्टिमिटर लामो उक्त फोनको वजन निकै भारी थियो । लगभग आधा किलो वजन भएको उक्त फोनको त्यतिबेला ९ सय डलर पर्दथ्यो ।

    आइरिस टाइम्सका अनुसार प्रयोगकर्ताको काम सजिलो बनाउने हुनाले यस स्मार्टफोनको नाम सिमोन राखिएको थियो । यो फोनलाई यही अक्टुबरबाट लण्डनको साइन्स म्युजियममा प्रदर्शनीका लागि राखिने भएको छ ।

    उक्त स्मार्टमा फोनमा हरियो रंगको एलसीडी डिस्प्ले थियो जुन ४.५ इन्च लामो थियो । एलसीडीको रिजोल्युसन १६० बाई २९३ पिक्सल थियो । टच स्क्रीन प्रयोग गर्ने यो पहिलो उपकरण थियो ।यसमा १ एमबी र्यामको साथै १.८ एमबी सम्म मेमोरी बढाउन सकिन्थ्यो ।त्यतिबेला लगभग ५० हजार वटा स्मार्टफोन विक्री भएको थियो । –एजेन्सी
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यस्तो थियो विश्वकै पहिलो स्मार्टफोन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top