728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 18, 2014

    मिस नेपाल सृष्टि पनि बन्दैछिन् हिरोइन

    ०१२ सालकी मिस  नेपाल विजेता सृष्टि श्रेष्ठ हिरोइनको रुपमा आउँदैछिन् । सृष्टि श्रेष्ठ ‘छड्के’ निर्देशक निगम श्रेष्ठको अपकमिङ फिल्मबाट हिरोइनको रुपमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको तयारी स्वरुप सृष्टि हाल अभिनयको प्रशिक्षण लिन व्यस्त रहेको स्रोतले बतायो । सृष्टिलाई सुनिल पोखरेलले विशेष प्रशिक्षण दिईरहेका छन् । सृष्टिले मिस नेपाल भए लगत्तै भने हिरोइन नबन्ने बताउँदै आएकी थिइन् । ‘फिल्म मेरो प्रायोरिटी भित्र पर्दैन । बरु फेसनमा केही गर्छु,’ नेपाली फिल्म खेल्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा सृष्टिले यस्तो जवाफ दिएकी थिइन् । निगमले निर्देशन गरेको ‘छड्के’ व्यापक चर्चाका बावजुद व्यवसायिक रुपमा सफल हुन सकेको थिएन । 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मिस नेपाल सृष्टि पनि बन्दैछिन् हिरोइन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top