728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 18, 2014

    सावधान ! भारतसम्म आइपुग्यो इबोला

    दिल्ली– भारतमा खतरनाक इबोला भाइरसको पहिलो घटना सार्वजनिक भएको छ । संसारभरी महामारीको रुपमा लिइएको इबोलाले अब भारतको पनि ढोका ढक्ढकाएको छ । आइतबार दिल्लीको आरएमएल अस्पतालमा एक इबोलाका शंकास्पद बिरामीको प्राथमिक परिक्षण इलिसा (इन्जायम इम्युनोसोरब्याट एस्स) को रिपोर्टमा पोजिटिभ देखिएको छ । 

    नाइजेरियाबाट आए इबोलाका बिरामी इबोलाका यी रोगी नाइजेरियाबाट आएका हुन् र उनको उमेर ७६ वर्ष रहेको छ । इबोलाको संक्रमण नाइजेरियामा निकै डरलाग्दो रहेको छ जहाँका थुप्रै मानिसहरु यो रोगको शिकार भइसकेका छन् । इबोलाका उक्त बिरामीलाई डाक्टरहरुको निगरानीमा राखिएको छ । पोलिमर्स चेन रियाक्सन (पीसीआर) टेस्टका लागि उनको रगत दोस्रो पटक स्याम्पल नेशनल सेन्टर फर डिजिज कन्ट्रोलमा पठाइने बताइएको छ । 

    जसको रिपोर्ट सोमबार अर्थात आज आउने बताइएको छ । आरएमएल अस्पतालमा बनाइएको इबोला जाँच केन्द्रका डा. सुनिल सक्सेनाका अनुसार शनिबार एयरपोर्टबाट शंकास्पद बिरामीलाई आरएमएल अस्पतालमा पठाइएको थियो । उनले एयरपोर्टमा परिक्षणको क्रममा आफूलाई टाउको दुखेको बताएका थिए । उक्त हस्पिटलका डाक्टरहरुले उनको इलिसा परिक्षण गरे जसको रिपोर्टमा इबोला पोजिटिभ पाइयो । योभन्दा पहिले पनि चेन्नई र दिल्लीमा विदेशबाट आएका इबोलाको शंकास्पद बिरामीहरुको परिक्षण गरिएको थियो । तर परिक्षण पछि उनीहरुको रिपोर्ट नेगेटिभ पाइएको थियो । (एजेन्सी)   

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सावधान ! भारतसम्म आइपुग्यो इबोला Rating: 5 Reviewed By: Unknown
    Scroll to Top