728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 22, 2014

    सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

    काठमाडौं, भाद्र ६ । सर्वोच्च अदालतले घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले बस्नेतलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको हो ।

    राजधानीका विभिन्न स्थानमा अपार्टमेन्ट बनाउन भन्दै सर्वसाधारणबाट अर्बौं रुपैयाँ उठाएका बस्नेतले न उनीहरुलाई अपार्टमेन्ट दिएका छन न त रकम नै फिर्ता गरेका छन् ।

    यसअघि पनि पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ४ लाख धरौटीमा छाडेको थियो भने पुनरावेदनले फैसला सदर गरेको थियो ।

    सर्वोच्चको संयुक्त इजलासले फैसला उल्ट्याउँदै पछि ठहरे बमोजित हुनेगरी बस्नेतलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको हो । बस्नेतले सर्वसाधारणको साढे ९ अर्ब ठगी गरेको उजुरी परेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top