काठमाडौं, भाद्र ६ । नेपाली कांग्रेस र एमालेबीच सभासद मनोनयन, राजदूत नियुक्ति, सत्ता सञ्चालन र सात बुँदे सहमति कार्यान्वयनका विषयमा आज भएको छलफलबिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेता सम्मिलित बैठकमा सरकार सञ्चालनमा देखिएका व्यवधान, सात बुँदे सहमति कार्यान्वयन, संविधानसभामा २६ सभासदको मनोनयन, राजदूत नियुक्ति लगायतका विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन ।
दुबै दलले आ–आफ्ना अडान कायम राखेपछि भोलि बिहान पुनः बस्ने बैठकपछि नेताहरुले जानकारी दिए ।
बैठकपछि एमाले अध्यक्ष केपी ओलीले सात बुँदे सहमति कार्यान्वयनलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
यस्तै, कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भोलिसम्ममा सबै विषयमा समाधान खोजिने बताए । सिटौलाले राजदूत नियुक्ति र सभासद मनोनयनका विषयमा प्रमुख तीन दल र अन्य दलहरुसँग पनि छलफल गरिने जानकारी दिए ।
.jpg)
0 comments:
Post a Comment