728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 22, 2014

    क्यानडाका लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक



    काठमाडौं, भाद्र ६ । संविधानसभाको दोस्रो चुनाव सम्पन्न भै नयाँ सरकार बनेपछि नेपालमा विदेशी लगानीकर्ताहरुको चासो बढ्दै गएको छ । यहीक्रममा क्यानडाका लगानीकर्ताहरु पनि लगानीको सम्भावना खोज्न अध्ययनका लागि हालै नेपाल आएका छन् । उनीहरुले नेपालमा लगानी गर्न इच्छा पनि देखाएका छन् ।


    अर्थमन्त्री डा. रामशरण महतसँग गरिएको लगानी सम्बन्धी छलफलमा उनीहरुले लगानीका लागि उत्साह देखाएका हुन् । भेटका अवसरमा अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्ने स्वदेशी वा विदेशी लगानीकर्ताहरुलाई पनि कर छुट दिएर प्रोत्साहन गरिएको जानकारी दिएका थिए  ।

    एक अर्ब रुपैयाँभन्दा बढी पुँजी लगानीमा स्थापना हुने उत्पादनमूलक उद्योग र रु २ अर्बभन्दा बढी पुँजी लगानीमा स्थापना हुने पर्यटनसँग सम्बन्धित उद्योगलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म पूर्णरुपमा र त्यसपछिको ३ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिएर उद्योगहरुलाई प्रोत्साहन गरिएको उनले जानकारी गराए ।

    नेपालमा कृषि उर्जा, पर्यटन तथा सडक निर्माणलाई प्रोत्साहन दिइएको चर्चा गर्दै उनले यी क्षेत्रमा लगानी गर्न चाहेमा सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने जानकारी दिएका थिए ।

    क्यानडाका लगानीकर्ताहरुले आफूहरु बैंक, उर्जा, पर्यटन, फोहोरमैला व्यवस्थापन जस्ता क्षेत्रमा आकर्षित भएको बताएका थिए । उनीहरुले नेपालमा २५ वर्षमुनिका काम गर्ने जनशक्ति पर्याप्त भएको र लगानीको वातावरण बन्न थालेकोले लगानीका लागि आकर्षित भएको बताएका थिए 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: क्यानडाका लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top