728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 25, 2014

    पोखरामा पहिरोले रेष्टुरेन्ट पुरिंदा ३ जनाको मृत्यु, एक बेपत्ता (भिडियोसहित)

    पोखरा, भाद्र ९ । पोखरामा गएराति परेको भारी वर्षाका कारण दुई ठाउँमा गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । फेवातालदेखि पारिपट्टी रहेको टिपिकल रेष्टुरेन्ट एन्ड लज पहिरोले पुरिंदा त्यहाँ कार्यरत ३ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेहरुमा ओखलढुंगा गामलाङटारका प्रकाश मगर, धादिङ कल्लेरीका राम मगर र सिन्धुली आङसाङका मोहन मगर रहेका छन् । उनीहरुको शव फेला परेको छ भन्ने पहिरोमा पुरिएका रामेछाप सैबुका भुवन मगर अझै बेपत्ता छन् । उद्धारका लागि प्रहरी, सेना तथा स्थानीयबासी लागिपरेका छन् ।

    कास्कीको पुम्दीभुम्दी गाविस वडा नं. १ तालपारी भन्ने स्थानमा रहेको उक्त रेष्टुरेन्ट माथिबाट झरेको पहिरोले राति २ बजे पुरिएको कास्कीका प्रहरी प्रमुख बसन्तकुमार लामाले बताए ।

    रामेछाप सैबुका गोकुल मगरले स्थानीय बत्तिबहादुर गुरुङको घर भाडामा लिएर गत ९ वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

    पुम्दीभुम्दी १ कै बगालटारीमा पनि एक घर पहिरोले बगाएको छ । स्याङजा पुतलीबजार १२ की सुबी गुरुङले भाडामा लिएको घर पहिरोले बगाउँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा सुबीसहित उनका १४ वर्षीय छोरा प्रनिश र उनका जेठाजुका १८ वर्षीय छोरा सूर्य छन् ।

    घाइतेको पोखराको बिरौटास्थित नमस्ते अस्पतालमा उपचार भैरहेको कास्कीका प्रहरी प्रवक्ता राजेशनाथ
    बास्तोलाले जानकारी दिए ।

    यता, पोखरा मालेपाटनस्थित मनकामना मन्दिर नजिक रहेको देवी सुवेदीको घर बाढीले बगाएको छ भने पोखराकै मासपार्क बुलौदीमा पानीले ठूल्ठूला २ ओटा भ्वाङ बनाएको
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पोखरामा पहिरोले रेष्टुरेन्ट पुरिंदा ३ जनाको मृत्यु, एक बेपत्ता (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top