728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 25, 2014

    शिक्षा समाज परिवर्तनको हतियार: मन्त्री थापा

    काठमाडौँ, भाद्र १० । वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले शिक्षा नै परिवर्तनको बलियो हतियार भएको बताएका छन् । उनले शिक्षालाई समयानुकुल परिमार्जन समयको मागसँगै नेपालको शिक्षा प्रणाली प्राविधिक बनाउनुपर्ने बताए ।

    काठमाडौँ युनिफाइट सिटी कलेजले सोमबार आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री थापाले अहिलेको समय प्रविधिको भएकाले शिक्षालाई पनि प्राविधिक बनाउनुपर्ने बताए ।
    उनले शिक्षा सबैभन्दा बलियो हतियार भएकाले देशको विकासलाई सहि मार्गमा डोर्‍याउनका लागि शिक्षा क्षेत्रमा ठूलो लगानी गनुपर्नेमा जोड दिए । 

    आधुनिक शिक्षाको अभावका कारण युवा जनशक्ति विदेश पलाएन भैरहेको भन्दै उनले आधुनिक शिक्षाका लागि सरकारले नीति निर्माण गर्नुपर्ने औल्याए ।
    सो अवसरमा नेपाल शिक्षक सङ्गठनकी केन्द्रीय उपाध्यक्ष पूर्णा जोशीले समयको माग र आवश्यकतासँगै शिक्षा क्षेत्रमा लगानी हुन नसक्दा बिद्यार्थीले रुचीको विषय अध्ययन गर्न नसकेको दावी गरिन् ।
    उनले मूलुकका जुनसुकै ठाउँमा गए पनि प्रयोग गर्न सकिने शिक्षा नभएसम्म नेपालको शिक्षाको विकास नहुने बताउँदै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

    कलेज व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले सरकारको शिक्षा नीति फितलो भएका कारण आवश्यकता अनुसार नेपालमा व्यवसायिक तथा प्राविधिक शिक्षाको विकास हुन नसकेको उल्लेख गरे । कलेजका प्राचार्य सुवासचन्द्र जोशीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले महत्वपूर्ण योगदान रहे पनि अपूरो भएको बताए ।

    सो अवसरमा कलेजले ११ र १२ कक्षा उत्तीण गरेका उत्कृष्ठ विद्यार्थीलाई सम्मानसमेत गर्‍यो । साथै अन्तर कलेज भलिवल प्रतियोगिताका विजयी कलेजलाई पनि सम्मान गरिएको थियो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शिक्षा समाज परिवर्तनको हतियार: मन्त्री थापा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top