728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 22, 2014

    हेर्नुहोस् संसारका सुन्दर १० हिमशिखर (फोटो फिचर)

    काठमाडौं । हिमाल चढ्नु भएको एक सहासिक काम पनि हो । जसले हिमाल चढ्छ र शिखरमा पुग्छ, उसले संसार जितेको अनुभव गर्छ । मानिसहरु जतिजति हिमालको उच्च भागतिर जान्छ, त्यो भन्दा उच्च स्थानमा पुग्ने मनोकांक्षा पनि बढ्दै जान्छ । संसारमा कुनै बेला हिमाल चढ्नेका काम असंभव जस्तो लग्थ्यो तर २९ मे १९५३ मा न्युलिल्याण्डका सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामाथि विजय हाता पारे ।
    जुन २९ मे को दिनलाई अहिले पनि सगरमाथा दिवसको रुपमा मनाइदै आएको छ । विश्वका ८ हजारभन्दा माथिका १४ वटा हिमालमध्ये ८ वटा नेपालमा पर्छन । जुन हिमालहरु आफैमा अपार सौन्दर्यका खानी पनि हुन जसको अवलोकनमा मान्छले समय बिताएको पत्तै पाउदैन ।
    १ माउण्ट एभरेष्ट (सगरमाथा), नेपाल
    सगरमाथ विश्वको विश्वको सबैभन्दा उच्च हिमाल हो । यसलाई अंग्रेजीमा माउण्ट एभरेष्ट र तिब्बतमा चोमोलोङमाका नामले चिनिन्छ । यसको उचाई समुद्र सतहबाट ८,८४८ मिटर (२९,०२९ फिट) रहेको छ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
    sagarmatha
    २. दामावंद, इरान
    द्यामावंद एल्बर्ज सीमाको एक भाग हो । जुन हिमाल उठेको भाग अत्यन्तै सुन्दर रहेको छ । यस हिमालमा तातोपानीको प्राकृतिक झरना छ । जसको निर्माण एक निष्किृय ज्वालामुखीका कारण भइरहेको छ । यो हिमालको उचाई समुद्र सतहबाट ५८ सय मिटर छ ।
    2.damavand
    ३. अन्नपूर्ण, नेपाल
    अन्नपूर्ण हिमालको दृष्य निकै रोमाञ्चक छ । यसमा रहेको भौगोलिक विविधताले यो हिमाल चढ्नेहरुले रमाइलो अनुभव समेत गर्ने गर्दछन् । संसारका उच्च शिखरमध्ये पर्ने यसको उचाइ ८,०९१ मिटर रहेको छ ।
    3.annapurna-nepal
    ४.डेनाली, अलास्का
    यो पहाड हिमाल चढ्ने शौखिनहरुका लागि सर्वोत्कृष्ठ रहेको छ । उत्तरी अमेरिकामा रहेको यो विशाल पहाडको उचाई ६२ सय मिटर रहेको छ । यसमा चढ्नेहरुले कुनै कठिन परिस्थितिको सामना गर्नुपर्दैन । यसको जतिजति माथि पुगिन्छ त्यति नै आनन्दानुभूति गर्न सकिन्छ ।
    4.denali
    ५.किट्लालटेपेट्ल, मेक्सिको
    यो एक साथ आएको ज्वालामुखीको आकारको प्रकृतिको एक महान् दृश्य हो । यस पहाडको आकारलाई हेरेर सुतिरहेकी महिला जस्तोपनि भन्ने गरिन्ट । यो हिमाल आरोहण अन्यको तुलनामा सहज समेत रहेको छ ।
    5.sleeping_woman
    ६.माउण्ट एलब्रुस
    यो रुसको विशाल पहाड हो । जो एशिया र युरोपको वाचटावरको रुपमा खडा छ । यसमा चड्न कुनै ठाउँमा अत्यन्तै कठिन रहेको छ ।
    6.mount_elbrus
    ७. द म्याटरहर्न, स्विट्जरल्याण्ड
    यो हिमाल स्विट्जरल्याण्डको ऐल्प्स हिमशृङखलामा पर्छ । यो पवैताारोहका लागि अन्तयन्तै चर्चित रहेको छ । यो एक पिरामिडको आकारको चट्टान हो ।
    7 the-matterhorn-
    ८ .एण्डिज, पेरु
    एण्डिज संसारकै सबैभन्दा लामो पर्वतश्रेणी हो । यो दक्षिण अमेरिकाको पश्चिमी तटमा रहेको छ । यसमा प्रकिृतिको उत्कृष्ठ नमुना देख्न पाइन्छ ।
    8.andes
    ९.किलीमान्जरो, अफ्रिका
    लामो समथर जमिन हुदै उठेको यो पहाढ अफ्रिका महादेशमा पर्छ । यसले एक अद्भुत अनुभव समेत दिन्छ । ५,८९५ मिटर अग्लो यो अफ्रिकाकै उच्च शिखर समेत हो ।
    9.kilimanjaro
    १०.माउण्ट खुइटेन, मंगोलिया
    यो पहाड मंगोलियाको अटलई सीमामा अवस्थित छ । यसमा चढ्नेहरुले धेरै आनन्दानुभूति गर्न पाउछन् ।
    10mount-khuiten

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हेर्नुहोस् संसारका सुन्दर १० हिमशिखर (फोटो फिचर) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top