रुसले प्रत्यक्ष हस्तक्षेप गरेको युक्रेनको आरोपः
प्रभावित क्षेत्रमा रहेका बीबीसीका संवाददाताले पनि रुसी मानवीय सहायता बोकेका ७० ओटाभन्दा बढी सवारी साधान भौतिक रुपले युक्रेन प्रवेश गरिसकेका जनाएका छन् ।
द्धन्द्धग्रस्त क्षेत्रमा रहेका एक जना युक्रेनी सुरक्षा अधिकृतले भने रुसले आफ्नो राष्ट्रमा प्रत्यक्ष हस्तक्षेप गरेको जनाएको छ ।
काठमाडौं, भाद्र ६ । पूर्वी युक्रेनको द्धन्द्ध प्रभावित जनताको लागि भन्दै रुसले पठाएको मानवीय सहयता बोकेका सवारी साधन जबर्जस्ती युक्रेन प्रवेश गरेका छन् । युक्रेनको राजधानी किभबाट एकजना वरिष्ठ सरकारी अधिकारीले दिएको जानकारीअनुसार 'रुसले मानवीय सहायताको नाममा युक्रेनको भूमिमा हस्तक्षेप गरेको छ ।'
प्रभावित क्षेत्रमा रहेका बीबीसीका संवाददाताले पनि रुसी मानवीय सहायता बोकेका ७० ओटाभन्दा बढी सवारी साधान भौतिक रुपले युक्रेन प्रवेश गरिसकेका जनाएका छन् ।
तर, अझैसम्म पनि युक्रेनले भने रुसी सहायता सामग्री स्वीकार गरिसकेको छैन । रुसले पूर्वी युक्रेनको द्धन्दप्रभावित जनातको लागि सहायतास्वरुप झन्डै ३ सयओटा ट्रकमा राहत सामग्री पठाएको थियो । तर, उक्त सवारी–साधन रुस र युक्रेनको सिमानामा विगत एक हप्तादेखि रोकिएका थिए ।
युक्रेनले कुनै कारणबिना मानवीय सहायता लिन अस्वीकार गरेको भन्दै रुसले जबर्जस्ती ती सवारी साधन युक्रेन प्रवेश गराएको हो । उक्त क्षेत्रमा सक्रिय पृथक्तावादीहरुले ती सवारी साधनलाई सुरक्षा प्रदान गरिरहेको जनाइएको छ ।
द्धन्द्धग्रस्त क्षेत्रमा रहेका एक जना युक्रेनी सुरक्षा अधिकृतले भने रुसले आफ्नो राष्ट्रमा प्रत्यक्ष हस्तक्षेप गरेको जनाएको छ ।
उता, रुसले भने युक्रेनलाई आफ्ना सवारी साधनमाथि कुनै कारबाही नगर्न चेतावनी दिंदै मानवीय सहायतामाथि कारबाही गरे परिणाम भयावह हुने चेतावनी दिएको छ । (एजेन्सी) -

0 comments:
Post a Comment