गोरखा, भाद्र ६ । गोरखा प्रहरीले सुन तथा मोबाइल चोरी गर्ने गिरोहका ३ लुटेरा र लुटिएको सुन खरिद गर्ने एक व्यापारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत श्रावण २६ गते मिरकोट गाविस ५ की कान्छी तामाङको घरबाट सुन, पैसा लुटपाट गर्ने ३ जनालाई काठमाडौंमा पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हुम्ला जिल्ला राया गाविसका कृष्णबहादुर सिंह, धादिङ मैदीका गौरव तामाङ र धादिङकै सोमलाल तामाङ रहेका छन् ।
त्यसैगरी, प्रहरीले सुन खरिद गर्ने काठमाडौं महानगरपालिका २९ मित्रनगरमा इन्द्रलक्ष्मी ज्वेलर्सका सञ्चालक धादिङ खाल्टे गाविस ३ का लोकबहादुर विकलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
लुटेराहरुको साथबाट एक थान खुकुरी, १२ हजार नगद रुपैयाँ र ६ थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई डाँका तथा चोरी अन्र्तगत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । -

0 comments:
Post a Comment