728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 22, 2014

    एसीसी यु–१६ क्रिकेट विजेता खेलाडीलाई क्यानको सम्मान, ‘सरकारले पनि सम्मान गर्ने’

    काठमाडौं, भाद्र ६ । एसीसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिता विजेता नेपाली युवा खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले सम्मान गरेको छ । काठमाडौंमा आज एक कार्यक्रम आयोजना गरी संघले टोलीका १४ खेलाडी, दुई प्रशिक्षक तथा एक व्यवस्थापकलाई जनही २० हजार नगद पुरस्कारसहित सम्मान गरेको हो ।


    क्यानले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा, क्यानका निमित्त अध्यक्ष श्रीनिवास राणा लगायतले खेलाडीहरुलाई सम्मान गरे ।


    सोही अवसरमा मन्त्री पौडेलले युवा खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही ५० हजार नगद पुरस्कारसहित सम्मान गर्न आफूले नेपाल सरकारलाई प्रस्ताव पठाउने तयारी गरेको जानकारी दिए ।

    नेपाली खेलकुद र विशेषगरी क्रिकेटमा विवाद रहेको स्वीकार्दै मन्त्री पौडेलले विवादहरुको दीर्घकालीन समाधानको प्रयास जारी रहेको समेत बताए ।

    दक्षिण कोरीयामा अर्को महिना हुन गइरहेको एसियाली खेलकुदतर्फ इंगित गर्दै मन्त्री पौडेलले केही संघ र खेलाडीको सहभागिताको विषयमा विवाद रहेपनि सबै विवादहरु चाँडै किनारा लाग्ने दाबी गरे ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एसीसी यु–१६ क्रिकेट विजेता खेलाडीलाई क्यानको सम्मान, ‘सरकारले पनि सम्मान गर्ने’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top