728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 21, 2014

    ‘नेपालमा अवैध भीओआइपी सञ्चालन गर्दै आएका २४ बंगलादेशी पक्राउ’ - See more at:

    काठमाडौं, भाद्र ५ । नेपालमा अवैध तरिकाले भीओआइपी सञ्चालन गर्दै आएका २४ जना बंगलादेशीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले आज पत्रकार सम्मेलन गरी अवैध रुपमा भीओआइपी सञ्चालन गर्ने २४ जना बंगलादेशीहरुलाई पक्राउ गरिएको जनाएको हो ।

    भीओआइपी सञ्चालन गर्ने ६ जना भारतीय र तीनजना चिनियाँ पनि पक्राउ गरेको प्रहरीले बताएको छ । भीओआइपी सञ्चालन गरेको अभियोगमा हालसम्म देशका विभिन्न ६७ स्थानबाट स्वदेशी ९३ र विदेशी ३३ जना गरी १ सय २६ जनालाई पक्राउ गरिएको पनि प्रहरीले बताएको छ । उनीहरुबाट १२ अर्ब ३९ करोडभन्दा बढी बिगो माग दाबी गरी मुद्दा दायर गरिएको पनि जनाइएको छ ।

    यसैबीच, चण्डोल र खुसीबुबाट भीओआइपी सञ्चालन गर्ने बंगलादेशीहरु एकेएम फजली, महोमद
    हसलइकवाल र नायनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । - See more at:
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘नेपालमा अवैध भीओआइपी सञ्चालन गर्दै आएका २४ बंगलादेशी पक्राउ’ - See more at: Rating: 5 Reviewed By: Unknown
    Scroll to Top