728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 17, 2014

    अचानक पुरुष बनेकी महिलाको कथा (फोटोफिचरसहित)

    एजेन्सी । धेरैजसो हलिउड कलाकार र बडि बिल्डरहरुका लागि एनाबोलिक स्टेरोइड जीवनकै अभिन्न अंग बनिसकेको छ ।तर, यसको प्रयोगले मांसपेशी ठुलो मात्र बनाउदैंन, कपालदेखि कलेजोसम्ममा क्षति पु¥याउनेजस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गरेको छ । लण्डनको वाल्थमस्टकी २८ वर्षीया क्यान्डिस आर्मस्ट्रङ यसको उदाहरण हुन् । शरीर बलिष्ठ बनाउने लोभमा उनी पुरुषमै रुपान्तरित हुन पुगिन् ।

    पहिले सुन्दर युवतीको रुपमा रहेकी क्यान्डिस स्टेरोइड प्रयोग गर्न थालेपछि दा¥हीजुंगा मात्र आएन, एक इन्च लिंगको समेत विकास भयो । कुनै जमानाकी सुन्दर र आकर्षक युवती क्यान्डिसको शरीर अहिले  हलिउड नायक आर्नोल्ड स्वार्जनेगर जस्तै देखिन्छिन्, उनको छाती र शरीरका अन्य भागमा रौं उम्रिएको छ भने ओठमाथि जुंगा ।

    जब, उनले स्टेरोइड प्रयोग गर्न थालिन्, यसरी पूरै पुरुषको रुपमा परिवर्तन हुनुपर्ला भनेर सोचेकी पनि थिइनन् । जब थाहा पाइन्, निकै ढिला भइसकेको थियो । ‘मेरो कुनै योजना नै थिएन’, एक डकुमेन्ट्रीमा उनले भनेकी छन् । औषधि प्रयोग गर्न थालेपछि उनको शरीरमा रौं पलाउनुका साथै योनिको भंगाकुर बढेर सानो लिंगको रुप लियो । ‘त्यो (लिंग) विस्तारै ठुलो हुँदैं गयो,’ उनले भनिन्, ‘बढ्दै गएर एक इन्च लामो भयो र सानो लिंगजस्तै देखियो, त्यसको छालासमेत फर्काउन मिल्थ्यो ।’ त्यस्तै, शरीर ठुलो भएपछि उनको स्तनको कुनै लेखाजोखा रहेन ।

    जब उनलाई औषधिले अब राम्रो गर्नुको साटो खराब गर्छ भन्ने लाग्यो, त्यतिखेरसम्म उनले गर्न सक्ने केही थिएन । ‘म शरीरको मांसपेशीलाई फेरि सानो त बनाउ सक्थें, तर, जुंगा र धोद्रो स्वरजस्ता पुरुष चिन्हलाई हटाउन सक्दिनथें’ उनले भनिन्, ‘पहिलेकै स्वरुपमा फर्कन चाहे मैलें फेरि केही प्रक्रिया अपनाउनुपथ्र्यो ।’( स्वास्थ्य खबर)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अचानक पुरुष बनेकी महिलाको कथा (फोटोफिचरसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top