728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 17, 2014

    शारीरिक सम्बन्धका बारेमा कुरा गर्दा धेरै महिला झुटो बोल्छन

    काठमाडौं, यदि तपाइँ पनि म्यासेजिङ मार्फत आफ्नो पार्टनरसंग सेक्सका बारेमा कुरा गर्नुहुन्छ भने तपाइँको पार्टनरले तपाइँका साथमा च्याटिङ (सेक्सटिङ) मा सेक्सका बारेमा कुरा गर्दा झुटो बोलिरहेको हुन सक्दछ । हालै मात्र गरिएको एक रिसर्च अनुसार, म्यासेज मार्फट सेक्सको कुरा गर्ने बेला झुटो बोल्ने बानी महिलाहरूमा धेरै हुन्छ । उक्त रिसर्चमा २४ प्रतिशत पुरूषहरूको तुलनामा ४५ पतिशत महिलाहरू फोनमा सेक्सक कुरा गर्दा आफ्नो पार्टनरसंग झुटो बोल्दछन। इन्डियाना यूनिभर्सिटीका एसोसिएट प्रोफेसर माइकल ड्रोइनका अनुसार धेरैजसो मानिसहरू च्याटिङका क्रममा सेक्सको कुरा गर्ने बेला आफ्ना पार्टनरलाइ खुसी बनाउनका लागी झुटो बोल्दछन ।  

    रिसर्चमा सहभागी मानिसहरूले झुटो बोल्नुका धेरै कारणहरू बताएका थिए, जसले पार्टनरको इच्छाहरू पुरा गर्नुका साथै उनीहरूलाइ उत्साह भरिदिनका लागी पनि झुटो बोल्दछन । सेक्सटिङका क्रममा झुटो बल्नुको पछाडी को कारणमा पार्टनरलाइ खुसी गर्नु वा उनको फेन्टासीलाइ पुरा गर्ने चाहना पनि रहेको हुन्छ । केही मानिसहरूले आफ्नो पार्टनरलाइ तनावबाट टाढा राख्नका लागी पनि झुटो बोल्ने बताएका छन । आफुले झुटो बोल्दा पार्टनरको प्रतिक्रिया हेर्नका लागी पनि कतिपय महिलाले झुटो बोल्ने गरेको बताएका छन । 

    अध्ययनका अनुसार, केही मानिसहरूले यस कारण पनि झुटो बोल्दछन कि उनीहरू यस कुराबाट दिक्क भैसकेका हुन्छन वा उनीहरूको आसपास अन्य कोही हुन्छ । अनुसन्धानकर्ताहरूले यद्दपी, यस कुराको चेतावनी दिएका छन कि सेक्सटिङका क्रममा झुटो बोल्नाले सम्बन्धमा नराम्रो प्रभाव पर्न सक्दछ । यो निष्कर्ष पत्रिका कन्प्यूटर्स इन ह्यूमन विहेवियरमा प्रकाशित भएको छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शारीरिक सम्बन्धका बारेमा कुरा गर्दा धेरै महिला झुटो बोल्छन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top