728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 18, 2014

    प्रेम प्रस्ताव थेग्न नसकेर विवाह गर्ने निर्णयमा विष्णु

    काठमाडौं, २९ साउन । गायन रियालिटी सो ‘नेपाल स्टार’ विजेता बनेपछि गायन करिअर प्रारम्भ गरेकी विष्णु चेमजोङले अब विहे गर्ने भएकी छिन् । ‘आफू बिहे गर्ने उमेरकी भएँ त्यसैले अब चाँडै बिहे गर्दैछु’ विष्णुले भनिन्, ‘मेरो नजरमा कोही परिसकेको छ । ‘मागी बिवाह गर्ने सोचमा छु’ उनले भनिन्, ‘समय निश्चित भएको छैन ।’ लाहुरे परिवारकी भएर पनि उनको नजरमा लाहुरे परेको छैन । 

    ‘मलाई पेसाले फरक पर्दैन’, विष्णुले भनिन्, ‘तर, पेसा बुझ्ने पुरुष हुनुपर्छ ।’ प्रेम प्रस्ताव थेग्न नसकेर मागी बिवाह गर्ने निणर्यमा उनी पुगेकी हुन् । प्रेम प्रस्तावबारे खुल्दै विष्णुले भनिन्, ‘यो उमेरमा प्रस्ताव आएन भने त दुःख लागिहाल्छ नि, बरु प्रेम प्रस्ताव थेग्नै नसकिने भयो । कसको स्वीकार्ने, कसको अस्वीकार्ने ? त्यसैले मागी विवाह गर्ने सोच बनाएकी हुँ ।’

    तर, पछिल्लो समय उनी अभिनयमा व्यस्त हुन थालेकी छन् । सन् २००६ मा ‘नेपाल स्टार’ बन्दा गायन क्षेत्रमा विष्णुको ‘वाहावाही’ थियो । ‘वाह, नेपाल स्टार विष्णु’ तर अहिले विष्णु गायिका कि नायिका ? उनका श्रोता÷शुभचिन्तक अल्मलिन थालेका छन् । अभिनय मोहले गायिका विष्णुको गायन करिअर ओझेल पर्दै गएको  छ । ‘सोचेजस्तो गायनमा मेरो चर्चा नभएकै हो’ विष्णुको स्वीरोक्ति छ, ‘गायन करिअरलाई प्राथमिकतामा राख्न सकिनँ, किनकि जतिखेर नेपाल स्टार भएकी थिएँ, त्यतिखेर उमेरमा अपरिपक्व थिएँ । तर अब अगाडि बढ्ने सोचमा छु ।’ हिजोआज आफू अभिनीत चलचित्र ‘निशानी’ को प्रमोसनमा रहेकी विष्णुले भनिन्, ‘चाँडै सोलो एल्बम ल्याउँदै छु । चलचित्रहरुमा पनि गाउँदै छु ।’ ‘नेपाल स्टार’ बनेपछि ‘एकसाथ’ नामक गीति एल्बम ल्याएकी थिइन् । तर, त्यसपछि उनी गायनमा खाशै चर्चामा आइनन् । उनले तीन महिनाभित्र एल्बम श्रोतासमक्ष पु¥याउने बताएकी छन् ।

    विनोद सेरेङ निर्देशत ‘निशानी’ मा विष्णु अर्को गायन स्टार अर्थात् पूर्वइन्डियन आइडल प्रशान्त तामाङसँग देखिँदैछिन् । यो एउटा संयोगजस्तै भएको छ, जहाँ दर्शकले एउटै पर्दामा गायन क्षेत्रका दुई स्टारको कमेष्ट्री पाउनेछन् । तर, त्यसका लागि २७ भदौ कुर्नुपर्ने छ । ‘निशानी’ बाट विष्णु आशावादी छिन् । यसअघि ‘चेसुङ’ र ‘थाक्ला’ (लिम्बू भाषा)का दुई चलचित्रमा अभिनय गरिसकेकी विष्णुले भनिन्, ‘निशानी मेरो अभिनय करिअरको पनि निशानी हो । निकै मिहिनेत गरेकी छु । यो एउटा सत्यकथामा बनेको मौलिक नेपालीपनको चलचित्र हो ।’ लाहुरेको बीरगाथालाई चित्रण गरिएको ‘निशानी’ सन् १९९ मा भारत–पाकिस्तानबीच भएको कारगिल ‘खलबार’ यद्धमा आधारित चलचित्र हो ।

    रियलमा लाहुरे परिवारकी विष्णु ‘निशानी’ मा लाहुरेकै बहिनीको भूीमकामा देखिँदैछिन् । उनका अनुसार चलचित्रमा सोझी तर साहसी महिलाको भूमिकामा देख्न पाइनेछ । आफ्नो भूमिकाबारे खुलाउँदै उनले भनिन्, ‘निशानीमा गाउँकी सोझी लाहुरेकी बहिनी हुन्छु । तर, साहसी पनि ।’ उनले चलचित्रको पर्दामा मात्र नभई रियल लाइफमा पनि साहसी युवती भएको बताइन् । साहसी भूमिकाको प्रशंगमा विष्णुले भनिन्, ‘किरातकी छोरी हुँ, साँच्चीकै पनि साहसी छु ।’

    मोडलिङमा समेत रुचि राख्ने विष्णुको करिअर गायनमै स्थापित होला, तर राम्रो विषयवस्तुमा बन्ने चलचित्रमा प्रस्ताव आए उनी ‘नाईं’ नभन्ने मुडमा छिन् । मोडलिङप्रति रुचि भएकै कारण सन् २०११ को ‘मिस नेपाल’ मा सहभागी भई ‘बेस्ट ट्यालेन्ट’ उपाधिसमेत पाएकी विष्णुले भनिन्, ‘मेरो प्राथमिकता गायनमै हुनेछ ।’ मलेसिया, कोरिया, हङकङलगायतका मुलुकमा गायन कला प्रस्तुत गरिसकेकी विष्णु सेप्टेम्बर ७ मा कोरियामा ‘बुढासुब्बा सांगीति सौगात’ मा सहभागी हुन जाँदैीछन् । ‘यो मेरो दोस्रो कोरिया यात्रा’ हो’ धरान–कोरिया समितिले आयोजन ागर्न लागेको कार्यक्रममा जान लागेकी विष्णुले भनिन्, ‘एकपटक गएपछि सबै देशमा मेरो कार्यक्रम दोहोरिँददै आएको छ ।’ #म्युजिकखबरस् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रेम प्रस्ताव थेग्न नसकेर विवाह गर्ने निर्णयमा विष्णु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top