728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 5, 2014

    हनीमुनको रात दुलही रानी निदाइदिए पछि पुरा हेर्नुस ►


    लण्डन – एक दुलाहाले विवाहको पहिलो रात एउटा यस्तो काण्ड रचाए जुन निकै चर्चाको विषय बनेको छ । सुहागरातको दिन आफ्नी नवविवाहिता पत्नी सुतेको मौका पार्दै एक दुलाहाले आफ्नो घरमा सुतिरहेकी एक नावालिकालाई बलात्कार गरेका छन् । अदालतमा यो घटनामाथि सुनुवाई गर्दै करिब ४१ वर्षपछि आरोपीलाई सजाय सुनाइएको छ । 

    अदालतले ५९ वर्षीय आरोपीलाई १८ वर्षको कैद सजाय सुनाएको छ । आरोपीका वकिलले अदालतसमक्ष उनको सजायलाई कम गरिदिने अपिललाई अस्विकार गरेको छ । यति मात्र नभई उनले ११ वर्षीया अर्की बालिकालाई पनि बलात्कार गरेको आरोप लागेको छ । विवाह गरेको पाँच वर्षपछि जब उनको बच्चा भयो तब त्यो बच्चासँग खेल्न ११ वर्षकी बालिका उनको घरमा आउने गर्दथिन् । ती बालिकाले उनको बच्चाको हेरविचार पनि गर्ने गर्दथिन् ।

     कहिलेकाँही विलियम आफ्नी श्रीमतीसँग बाहिर गएको बेलामा बच्चाको हेरविचार गर्नका लागि ती बालिका घरमा आउने गर्दथिन् । यहि मौका पारि श्रीमतीलाई कँही छोडेर उनी घर फर्केर उक्त बालिकालाई बलात्कार गर्ने गर्दथे र फेरी श्रीमती भएको ठाउँमा फर्किने गर्दथे । यस्तो सिलसिला करिब दुई वर्षसम्म चल्यो । उनले ती बालिकालाई यति तर्साएर राखेका थिए कि बालिकाले आफूमाथि भएको बलात्कारको बारेमा कसैलाई पनि केहि बताएकी थिइनन् ।

     जब यी दुई घटना अदालतसम्म पुग्यो तब अदालतले यो घटनाको गहिरो छानबिन सुरु गरेको थियो । अदालतले आरोपी विलियम जोर्डलाई दुबै घटनाको दाषी ठहर गर्दै १८ वर्षको जेल सजाय सुनाएको छ । अहिले आरोपी जेलको सजाय भोगी रहेका छन् । एजेन्सी
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हनीमुनको रात दुलही रानी निदाइदिए पछि पुरा हेर्नुस ► Rating: 5 Reviewed By: Unknown
    Scroll to Top