728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 23, 2014

    चरीको पार्थिव शरीरमा एमालेको झण्डा ओढाइयो


     चरीको पार्थिव शरीरमा एमालेको झण्डा ओढाइयो
    डन चक्रे मिलनले पनि दिए श्रद्धान्जली

    ७ भदौ, काठमाडौं । प्रहरी मुठभेडमा मारिएका डन दिनेश अधिकारी चरीको पार्थिव शरीरमा नेकपा एमालेको झण्डा ओढाइएको छ ।

    पशुपति आर्यघाटमा अन्त्येष्टि अघि एमाले केन्द्रीय सदस्य खेम लोहनीले चरीको पार्थिव शरीरमा पार्टीको हँसिया हथौडा अंकित झण्डा ओढाएका हुन् । लोहनीले झण्डा ओढाउँदा त्यहाँ एमाले सभासद धनबहादुर घले, गुरु बुर्लाकोटी, धादिङ अध्यक्ष भूमि त्रिपाठी, अखिलका अध्यक्ष किशोरविक्रम मल्ल र उपाध्यक्ष ऐन महर समेतको उपस्थिति थियो ।

    चरीको पार्थिव शरीरमा उनकी प्रेमिका खुश्वु वलीले पनि श्रद्धान्जली दिएकी छन् । उनी निकै भावुक देखिएकी थिइन् । चरीलाई अन्तिम श्रद्धान्जली दिन अर्का डन चक्रे मिलन पनि पहेँलो लुगा लगाएर आर्यघाट पुगेका थिए ।

    शीर्ष नेतृत्वप्रति एमाले कार्यकर्ता आक्रोशित

    चरीको दाहसंस्कारमा एमाले शीर्ष नेतृत्व भने देखिएनन् । नेतृत्वले बेवास्ता गरेको भन्दै एमाले कार्यकर्ताहरुले आर्यघाटमै आक्रोशसमेत पोखेका छन् ।

    शव यात्राका क्रममा उनीहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । शिक्षण अस्पतालबाट शवयात्रा निकालेर पशुपति पुर्‍याइएको थियो । अस्पतालमा श्रद्धाञ्जली दिन एमाले पुगेका एमाले सभासद राजेन्द्र पाण्डे शवयात्रामा भने सहभागी भएनन् । सभासद धनबहादुर घले र गुरु बुर्लाकोटी भने शिक्षण अस्पतालदेखि पशुपति आर्यघाटसम्म उपस्थित थिए ।

    मेरो शक्ति भनेको जनता : खुश्वु

    चरीलाई श्रद्धान्जली दिएपछि खुश्वुले शवयात्रामा देखिएको जनसहभागिताले चरी को हो भन्ने पुष्टि भएको बताइन् । प्रहरीले मात्रै उनलाई डनको ट्याग लगाएको भन्दै खुश्बुले अब आफ्नो शक्ति भनेको जनता भएको बताइन् 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चरीको पार्थिव शरीरमा एमालेको झण्डा ओढाइयो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top