728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 23, 2014

    मानव सागरको नेपाली झण्डा बनाएर विश्व कीर्तिमान कायम गर्ने प्रयास


    मानव सागरको नेपाली झण्डा बनाएर विश्व कीर्तिमान कायम गर्ने प्रयास

    काठमाडौं, भदौ ७ – नेपाली जो जहाँ जसरी भए पनि चन्द्रसूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनालाई स्थापित गराउने उद्देश्यले हजारौँ मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ ।

    शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा बनाइएको हो ।

    त्यहाँ निर्माण गरिएको झण्डालाई हेलिकोप्टरमार्फत दृश्यमा कैद गरिएको थियो ।
    करिब चार महिनाको तयारीपछि बनाइएको मानव सागर सहभागी झण्डालाई विश्व कीर्तिमानका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ ।दृश्य सामग्रीसँगै समाजसेवी अनुराधा कोइराला, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको साक्षी हस्ताक्षरसमेत सङ्कलन गरी पठाइने आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।

     त्यहाँ निर्माण गरिएको झण्डालाई हेलिकप्टरमार्फत दृश्यमा कैद गरिएको थियो । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड रहेको छ ।

    नेपालको झण्डा जस्तो र जुनजुन रङको छ त्यही रङमा १२८ मिटर चौडाइ र १६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गरेका थिए ।

    यसका लागि एकजना मानिसले बोक्ने कागजको आकार १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको थियो । सहभागीका लागि सामाजिक सञ्जाल र फेसबुकबाट आवेदन माग गरिएको थियो । दृश्य सामग्रीको अध्ययन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डले आठ हप्ताभित्र निर्णय दिनेछ । कार्यक्रमका लागि प्रत्येक सहभागीबाट रु १०० उठाइएको थियो ।
    सोही अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मानव सागर सहभागी झण्डा निर्माणले नेपालीहरु बीचको एकता र राष्ट्रियतालाई दर्शाउने बताउनुभयो ।

    कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी र वुद्धिजीवीको समेत सहभागिता रहेको थियो । अध्यक्ष खनालले आफूहरुले निर्माण गरेको चन्द्र र सूर्य अङ्कित मानव सागर नेपाली झण्डा विश्व कीर्तिमान दर्ता हुने विश्वास व्यक्त गरे ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मानव सागरको नेपाली झण्डा बनाएर विश्व कीर्तिमान कायम गर्ने प्रयास Rating: 5 Reviewed By: Unknown
    Scroll to Top