728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    मनाङ बराबरीमा रोकिँदा थ्रीस्टारलाई फाइदा


    ३ चैत, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा फ्रेण्ड्सले उपाधीको दावेदार मनाङ मस्र्याङ्दीलाई बराबरीमा रोकेको छ ।
    शनिबार भएको खेलमा फ्रेण्ड्सले मनाङलाई २-२ को बराबरीमा रोक्दै अंक खोसेको हो । बराबरीमा रोकिँदा मनाङको उपाधी होडमा धक्का लागेको छ भने लिग लिडर थ्रीस्टारलाई फाइदा भएको छ । लिगमा ४ खेल खेल्न बाँकी छ र उसको ५ अंकको अग्रता छ ।
    मनाङको १८ खेलबाट ३३ अंक भएको छ भने थ्रीस्टारको ३८ अंक छ । १८ खेलबाट २९ अंक जोडेको फ्रेण्ड्स पाँचौं  स्थानमा उक्लिएको छ ।
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन । खेलमा फ्रेण्ड्सले १७ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलबाट अग्रता लिएको थियो । खेलको ४३ औं मनाङका मिनेटमा सिकोले बराबरी गोल फर्काए ।
    तर, ५३ औं मिनेटमा मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै उमरले गोल गरे र फ्रेण्ड्सलाई २-१ को अग्रता दिलाए । ६६ औं मिनेटमा स्टफेनले गोल गर्दै मनाङको हार टारे पनि जित भने दिलाउन सकेनन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मनाङ बराबरीमा रोकिँदा थ्रीस्टारलाई फाइदा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top