नायक राजेश हमालले आफ्नो प्रेमिका भएको बताएपनि सार्वजनिक भने गरेका थिएनन् । तर गत शुक्रबार साप्ताहिकले स्केच सहित मधुको अन्र्तवार्ता सार्वजनिक गरेको थियो । तर हमालले विगत ७ बर्षदेखि लुकाएर राखेकी मधुको वास्तविक तस्बिर भने सार्वजनिक भएको छ ।विराटनगर निवासी मधुले विभिन्न खालका व्युटी प्याजेन्टमा भाग लिएकी छिन् । उनले सन् २००२ मा आयोजना गरिएको ‘मेघा मोडल कन्टेष्ट’ र सन् २००४ मा आयोजना गरिएको ‘लक्स व्युटी स्टार’ मा भाग लिएका थिइन् । विराटनगरकी मधु भट्टराई र नायक राजेश हमालको भेट ‘लक्स व्युटी स्टार’ मा भएको थियो ।
सन् २००४ मा आयोजना गरिएको यो कन्टेष्टमा हमाल प्रमुख निर्णायकको रुपमा पुगेका थिए । मधुले विभिन्न चरणमा देखाएको प्रस्तुतीले हमाल प्रभावित थिए । तर अन्तिम ५ मा पुगेकी मधुले हमालको प्रश्नको जवाफ भने सहि तरिकाले दिन सकिनन् । हमालको अगाडी मधु नर्भस भएको बताइन्छ ।यसैले उनले यो प्रतियोगितामा फस्ट रनरअपको ताज जितेकी थिइन् । कार्यक्रम सकिएपछि हमाल र मधुको भेट भएको थियो । जहाँ हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए । भिडियो हेर्न तल क्लिक गर्नुस्...
0 comments:
Post a Comment