तेस्रो लिंगीसँग रमाए दर्शक: झट्ट हेर्दा नारी कलाकारभन्दा कम नदेखिने तेस्रोलिंगी मोडल तथा कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत शनिबार बुटवलका दर्शकलाई पर्याप्त मनोरन्जन प्रदान गरे। यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि हुने हिंसाविरुद्ध आयोजित सांस्कृतिक कार्यक्रममा तेस्रो लिंगीहरूले ग्ल्यामरस पहिरनमा र्याम्पमा उत्रिएर फेसन शो गर्नुका साथै थरीथरीका नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई झन्डै चार घण्टा झुमाए।
कार्यक्रममा काठमाडौंबाट आएका तेस्रो लिंगी मोडलहरू भूमिका श्रेष्ठ, सुशीला लामा, सिमरन शेरचन, नाजिया श्रेष्ठ तथा बुटवलका विनिता शाही र अवन्तिका घर्तीको प्रस्तुतिमा सहभागीहरू रमाएका थिए। उक्त अवसरमा मोडलहरूले वान पिस र क्याजुअल पहिरनमा क्याटवाकसमेत गरे। नीलहीरा समाजले आयोजना गरेको कार्यक्रममा प्रदर्शनी आइडल नारायण सारुले आधुनिक तथा शिव खनालले लो कगीतमार्फत सहभागीहरूलाई झुमाए भने सारस कला केन्द्रका कलाकारले मोडर्न, कल्चरल एवं बी-बोइङ नृत्य प्रस्तुत गरे।

0 comments:
Post a Comment