728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    नेता नेपाललाई स्थानीयले घेरेपछि सुरक्षाकर्मीलाई धौ धौ


    वीरगञ्ज, मंसिर १७- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्भौताका स्थानीयले घेरेपछि उनलाई निक्लिन सुरक्षा परिचालन गर्नुपर्‍यो। जिल्ला क्षेत्र नम्बर ५ को क्षेत्रीय सभालाई सम्बोधन गर्न पर्साको दुर्गम गाउँ सम्भौतामा पुगेका उनलाई स्थानीय ओरिया नदीमा पुल नबनाएको आक्रोशमा स्थानीयले घेरेका हुन !
    भारतीय सीमासँग जोडिएका ९ वटा गाउँलाई अलग पार्ने ओरिया नदीमा यतिका दिनमा पुल बन्न नपाएको आक्रोश पोख्दै स्थानीयले ब्यानर र प्लेकार्डसहित घेरा हाली नारावाजी गरेका थिए।सभाबाट फर्किन लागेका नेता नेपाल चढेको गाडीलाई प्रहरी नायब उपरीक्षक राजेन्द्र विष्ट नेतृत्वको टोलीले उनलाई घेराबाट निकाले थियो। प्रहरीको स्कर्टिङमा आइसकेका नेपाल चढेको गाडीलाई स्थानीयले केही परसम्म लखेटेको थियो।

    २०५८ सालमा २ करोड ५३ लाखमा सडक विभागबाट सो नदीमा पुल बनाउन ठेक्का दिइए पनि ४० प्रतिशत रकम लिएर ठेकेदार भागेपछि पुल बन्न सकेको छैन्।ओरिया नदीको पुलबारे सभास्थलमा पुग्नसाथ ज्ञापनपत्र पाएका नेता नेपालले मञ्चमा पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए। उनले राष्ट्रिय राजनीति संकटबाट गुज्रिरहेकाले यसबाट विकास निर्माणका काम पनि अवरुद्ध भएको प्रष्ट्याए। उनले पूरा भाषण भोजपुरीमा गरे।उनले बाबुराम भट्टराई सरकारबाट नहटेसम्म सहमतिको सरकार र नयाँ चुनाव नहुने बताए।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेता नेपाललाई स्थानीयले घेरेपछि सुरक्षाकर्मीलाई धौ धौ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top