728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    बी डिभिजनको विजेतालाई पुरस्कार वितरण


    ३ चैत, काठमाडौं । अखिल नेपाल फुटलब सङ्घ एन्फाले शहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताका विजयी टिमहरुलाई पुरस्कार प्रदान गरेको छ ।
    कार्यक्रममा ब्वाइज युनियन क्लब, टुसाल युवा क्लब, सामाजिक युवा क्लब र वीरगन्ज युथ एकेडेमीलाई पुरस्कार प्रदान गरिएको हो । ती क्लबहरुले क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका थिए ।
    प्रथम स्थान हासिल गर्ने टिमले चार लाख, दोस्रोले दुई लाख, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर टुसालका रमन रसाइली, उत्कृष्ट डिफेन्डर वीरगन्जका लालबाबु प्रसाद, उत्कृष्ट मिडफिल्डर ब्वाइज युनियनका किरण राई, र उत्कृष्ट फरवार्ड टुसालका धिरज श्रेष्ठ घोषित भए ।
    यसैगरी ब्वाइज युनियनका प्रेम घिमिरेलेे उत्कृष्ट प्रशिक्षकको उपाधि हात पारे । उत्कृष्ट घोषित हुने खेलाडी एवम् प्रशिक्षकले जनही २५ हजार नगद प्राप्त गरेका छन् । माघ १५ देखि फागुन २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १३ वटा क्लबले प्रतिस्पर्धा गरेका थिए । रासस

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बी डिभिजनको विजेतालाई पुरस्कार वितरण Rating: 5 Reviewed By: Unknown
    Scroll to Top