728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    गृहमन्त्रीले नै सुरक्षा बैठक बहिष्कार गरेपछि


    ६ असोज, काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादारले सुरक्षा प्रमुखहरु सम्मिलित क्षेत्रिय गोष्ठीको वेवास्था गर्दै पार्टीको बैठकमा सहभागी भएका छन् ।
     सुरक्षा गतिविधि र चुनौतिबारे छलफल गर्न आयोजना गरिएको गोष्ठीको गृहमन्त्र गिच्छादारले नै शुक्रबार बिहान नौ बजे धुलिखेलमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

    निर्धारित समयमा गृहमन्त्री नआएपछि गोष्ठी सुरु गरिएको थियो । गृहमन्त्री एकघण्टा ढिलो अर्थात १० बजे गोष्ठी चलेको होटलसँगैको लोकमार्ग भएर अर्को रिर्सोटमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकमा सहभागी भएको खबर अन्नपूर्ण पोष्टले छापेको छ । सुरक्षा प्रमुखको गोष्ठी र गृहमन्त्री सहभागी पार्टीको बैठक बस्ने स्थान ५ सय मिटरमात्र वरपर रहेको गृहसचिव नवीनकुमार घिमिरेले बताए ।
    विहान आउन नसकेपछि दिउँसो आउने जानकारी गराएका गृहमन्त्री गोष्ठीको समापन हुँदा सम्म गोष्ठी स्थलमा आएका थिएनन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गृहमन्त्रीले नै सुरक्षा बैठक बहिष्कार गरेपछि Rating: 5 Reviewed By: Unknown
    Scroll to Top