728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    भट्टराईलार्इ हटाउन काँग्रेस र नेकपा-माओवादी सहमत

    ६ असोज, काठमाण्डौ । राष्ट्रिय सहमतिको सरकार गठन, राजनीतिक गतिरोधको अन्त्य र संवैधानिक संकट समाधानका विषयमा नेपाली काँग्रेस र नेकपा-माओवादीका शीर्ष नेताहरुवीच छलफल भएको छ । सभापति कोइरालको निवास महाराजगञ्जमा शनिवार विहान भएको भेटवार्तामा प्रधानमन्त्री डा वावुराम भट्टराईको सहमतिको वाधक भएको भन्दै सत्तावाट हटाउन मिलेर आन्दोलनमा जाने सहमतिभएको कोइरालाका स्वकिय सचिव लक्ष्मण ढकाललेजानकारी दिनुभयो ।

    भेटमा नेकपा-माओवादीका नेताहरुले प्रधानमन्त्रीको राजीनामा नआएसम्म नयाँ निर्वाचनमा जान नहुनेमा जोड दिएका थिए । छलफलमा आफूहरुले भट्टराई सरकारको बहिर्गमनपछि बन्ने राष्ट्रिय सरकारले मात्रै निर्वाचन गराउन सक्ने भएकाले निर्वाचनको मिति पनि त्यही सरकारले नै तोक्नु पर्नेमा जोड दिएको नेकपा माओवादीकी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो ।
    वैठकमा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकिरणले प्रमुख तीन दल र मेधशी मोर्चाले मात्रै गर्ने निर्णय आफूहरुलाई मान्य नहुनेवताउनु भएको थियो । वैद्यले चार दलको वैठकमाआफूहरुलाई पनि सहभागी गराउनु पर्ने वताउनु भएको थियो । जवाफमा सभापति कोइरालाले चार दलको वैठकमा नेकपा-माओवादीलाई पनि सहभागि गराउनु पर्नेमा आफूहरुले चारको वैठकमा कुराउठाएको वताउनु भएको थियो । कोइरालाले सवै राजनीतिक दलहरु एक नभएसम्म सहमति जुट्नत नसक्ने भएकाले सवै दल मिल्नुको विकल्प नरहेकोमा जोड दिनु भएको थियो ।
    यस्तै छलफलपछि वाहिरिने क्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडे्लले भट्टराई सरकारलाई हटाएर राष्ट्रिय सहमतिको सरकार गठन गरेर अघि वढ्ने सहमति भएको वताउनुभयो । वैठकमा काँग्रेस सभापति कोइरालासहित उपसभापति रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु सहभागी थिए भने नेकपा-माओवादीका तर्फवाट अध्यक्ष वैद्यसहित महासचिव रामवहादुर थापा बादल, सचिव देव गुरुङ, प्रवक्ता पम्फा भूषाल लगायतका नेताहरु सहभागी थिए ।
    By: अनलाई खबर
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भट्टराईलार्इ हटाउन काँग्रेस र नेकपा-माओवादी सहमत Rating: 5 Reviewed By: Unknown
    Scroll to Top