728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    सकियो ‘होस्टेल’, रिलिज घोषणा हतार कि आत्मविश्वास ?


    चलचित्र ‘होस्टेल’ को छायांकन सकिएको दिन निर्माता सुनिल रावलले प्रदर्शन मिति पनि घोषणा गरे । चलचित्र ‘सायद’ बनाएर हौसिएका सुनिल बढि नै आत्मविश्वासी देखिन थालेका छन् । सायदले सफलता पाएपछि रावल होस्टेलले पनि चर्चा पाउनेमा ढुक्क छन् । यसैले पनि उनलाई आफूले बनाएको सिनेमाले राम्रो व्यापार गर्ने सोचाई पलाएको देखिन्छ ।हेमराज बीसीलाई निर्देशनम डेब्यु गराएर तयार पारिएको ‘होस्टेल’ मा अधिकांश कलाकार नयाँ छन् । चलचित्रमा अनमोल केसी, गौरब पहाडी, सलोन बस्नेत, रिस्ता बस्नेत, संचारकर्मी शिशिर भण्डारी लगायका कलाकारको अभिनय छ । चलचित्रको छायांकन २५ दिनमा सकिएको हो ।
     

    चलचित्रमा नायक भूवन केसी, टिका पहाडी, शोभित बस्नेत लगायतका कलाकारले पनि अभिनय गरेका छन् । होस्टेलको कथा भित्र तयार पारिएको यो सिनेमा जेठ २४ गते प्रदर्शनमा आउने बताइएको छ ।निर्माता रावलले छायांकनस्थलबाटै सिनेमा प्रदर्शनको मिति घोषणा गरेर आफूमा आत्मविश्वास रहेको प्रष्टाउन खोजेका छन् । तर नेपालमा सिनेमा भनेकै दिनमा प्रदर्शनमा आउन निक्कै गाह्रो रहेको उदाहरण यसअघि प्रदर्शनमा आएका थुप्रै सिनेमाले प्रस्तुत गरिसकेका छन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सकियो ‘होस्टेल’, रिलिज घोषणा हतार कि आत्मविश्वास ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top