728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    मान्ससिंगापुरमा केकिले खुलेर रो गरिन


    महाशिबरात्रीको अवसर पारेर फिल्म ‘प्रमिश’ को गीत सार्वजनिक गरिएको छ । सिङ्गापुरमा सुटिङ गरिएको उक्त गीतमा नायिका केकी अधिकारी र नयाँ प्रस्तुतीको रूपमा रमेशचन्द्र राई र नर कुमार लिम्बुले अभिनय गरेका छन् । संगीतकार महेश खड्काको कम्पनी टिएनआरजी प्रोडक्सनले निर्माण गरेको प्रमिशमा केकी, नर र रमेशको साथमा अनुराग मान सिहं कुवँर, विल्सन बिक्रम राई, आकाश खवास, मार्टिन खानको पनि अभिनय रहेको छ । सुरज सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा महेश खड्काको संगीत तथा दीपक लिम्बुको स्वर रहेको छ । फिल्मलाई संजय लामाले खिचेका हुन् भने करियोग्राफी गोबिन्द राईले गरेका हुन् । सिङगापुर र नेपालमा सुटिङ गरिएको फिल्मलाई पहिला सिङ्गापुरमा प्रिमियर गरिने भएको छ । निर्देशक सुब्बाले दिएको जानकारी अनुसार अबको दुई महिना भित्रमा यो फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मान्ससिंगापुरमा केकिले खुलेर रो गरिन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top