728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 25, 2014

    प्रेमीले धोका दिएपछि नायिका नीता ढुंगानाले विष पिइन् !

    काठमाडौं । प्रेमपीडाका कारण नायिका नीता ढुंगानाले विष सेवन गरिन् । विचरा बुबाआमाले के गरुन् ? हतार–हतार लगे हस्पिटल ।
    जीवनमरणको दोसाँधको अवस्थामा पनि नीता प्रेमपीडामै तड्पिरहेकी थिइन् । होस् फर्किएपछि पनि उनी आमाबाबुलाई प्रेमीबारे सोध्दै थिइन्, ‘संगीत आएन ? बुबाआमाले भने, ‘यो मायाको भुलभुलैयामा नलाग ।’ नीतालाई भेट्न हस्पिटल पुगेका सोहित मानन्धर भन्दै थिए–कसले कति माया गर्छ, यसबाटै थाह हुन्छ ।
    शनिबार सुन्धारास्थित काठमाडौं भ्याली हस्पिटलको आइसियू कक्षमा सुटिङ भइरहेको फिल्म भुलभुलैयाको ९१औं दृश्यमा अभिनय गर्दै थिए नीता ढुंगाना, लक्ष्मी गिरी (आमा), मोहन निरौला (बाबु) र सोहित मानन्धर । अनि निर्देशन गरिरहेका थिए–योगेश घिमिरे । क्यामेरा ट्रलीमा थियो । खिचिरहेका थिए– बाबु श्रेष्ठले ।
    ‘यो फिल्मको क्लाइमेक्सतिरको दृश्य हो । यसको दुई सिनपछि फिल्म दी इन्ड हुन्छ,’ निर्देशक योगेशले भने, ‘फिल्ममा त्रिकोणात्मक प्रेमकथा छ । डिजिटल प्रविधिको अत्याधिक उपयोग गरेका छौं ।’ सो सिनमा अभिनेता जीवन लुइँटेल चाहिने भएपनि उनी आइनसकेकाले ‘पछि मिलाउने’ सुर निर्देशकले बनाए ।
    अहिले खिचिएको दृश्यको सिक्वेन्सबारे उनले भने, ‘प्रेमपीडाका कारण नायिकाले विष सेवन गर्छिन् । उनले खोजेको संगीत पनि यहाँ आएको हुन्छ । तर, सबै कुरा बुझेपछि ऊ नभेटिकन जान्छ । त्यसपछि के हुन्छ, सस्पेन्स !’ त्यसपछिको घटनाक्रम भने निर्देशकले खुलाउन चाहेनन् । बरु भने, ‘सबै कथा खुलाएर त मजै आएन नि ।’
    विष सेवनले अशक्त बनेकी नीता भने सट नहुँदा मोबाइल चलाइरहेकी हुन्थिन् । सोहित भने डाइलग याद गर्नमै व्यस्त थिए । बिरामीको अभिनय गरेर हस्पिटलकै बेडमा सुतिरहँदा कस्तो महसुस भएको छ त नीतालाई ? ‘हस्पिटलकै बेड, नाकमा अक्सिजन, वरपर कुरुवा, मलाई त साँच्चै बिरामी नै छुजस्तो पो लागेको छ त,’ नीताले भनिन्, ‘अभिनय गर्दा पनि कतिकति वेला त साँच्चै नै पो हो कि भन्ने लागेको छ । ओ माई गड, रियलमा यस्तो दिन कहिल्यै नआओस् ।’
    -नयाँपत्रिकाबाट
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रेमीले धोका दिएपछि नायिका नीता ढुंगानाले विष पिइन् ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top