728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 24, 2014

    किन वेश्यालय जान्छन् पुरुष ?

    एजेन्सी–वेश्यालयमा जाने पुरुषसँग प्रायः आ–आफ्नै तर्क हुन्छ । केही पुरुष आफ्नो निरस वैवाहिक जीवनबाट मुक्त हुन त कोही एकाकी जीवनको निरसता हटाउन यौनकर्मीकहाँ जाने गर्छन् ।

    केहीका लागि सेक्स एउटा नशाजस्तो हुन्छ भने केही वैवाहिक जीवनको जटिलताबाट बच्नका लागि यस्तो गर्छन् । फ्रेड र लारा पछिल्लो ६ वर्षदेखि एक अर्कालाई चिन्छन् । तर,फ्रेड लारासँग समय विताएको र सेक्स गरेको पैसा तिर्छन् । सेक्सका लागि पैसा तिर्नु कति जायज हो भन्ने बहस उनीहरुबीच चल्छ ।
     जागिरबाट सेवा निवृत भएका फ्रेडले लारालाई इन्टरनेटमा भेटेका थिए । अहिले उनीहरु एकअर्कासँग यति घुलमिल भइसकेका छन् कि लारालाई भेट्न आउनुभन्दा पहिले नै फ्रेड उनको खातमा पैसा ट्रान्सफर गर्छन् । फ्रेड ग्रामिण क्षेत्रमा बसोबास गर्छन् र वर्षौदेखि आमाको हेरचाह गर्छन् । भन्छन्,‘मसँग मान्छेहरु भेट्ने फुर्सद छैन,त्यसैले सेक्सका लागि पैसा खर्च गर्ने निर्णय गरेको हुँ ।’ उता रोवर्ट भने अर्कै कारण पैसा खर्च गर्छन् । धेरै वर्षदेखि वैवाहिक सम्बन्धमा रहेका रोबर्ट भन्छन्,‘मलाई सेक्स धेरै मन पर्छ ।

     तर मेरो विवाह यस्तो महिलासँग भएको छ जसलाई सेक्स त टाढाको कुरा अँगालो मार्नु र चुम्बन गर्नु पनि मन पर्दैन । तैपनि उनी राम्री जीवनसाथी हुन्’ उनी भन्छन् ,‘म यो विवाहलाई कायम राख्न चाहन्छु । त्यसैले मैले यौन सन्तुष्टीका लागि यो बाटो रोजेको हुँ ।

    ’आजको राजधानी दैनिकले खबर छापेको छ ।पुरुषहरुले ५ सय चेक क्राउन्स तिर्नुपर्छ र उक्त प्रवेश शुल्क तिरेपछि सम्भोगको स्वाद चाख्न पाइन्छ । तथापि महिला र जोडीहरुलाई भने त्यहाँ छिर्न कुनै पैसा लाग्दैन । स्मरण रहोस् चेक रिपब्लिकमा १८ वर्ष भन्दा बढी उमेरका व्यक्तिहरुलाई स्वेच्छिक रुपमा यौन पेशामा लाग्ने छुट छ । तर, कानूनले वेश्याहरुको दलाल गर्न भने रोक लगाएको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: किन वेश्यालय जान्छन् पुरुष ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top