
डिसीनेपाल डटकम संवाददाता - बलिउडमा सलमान खानको फिल्म किकको चर्चा भइरहेको बेला एक्कासी मिडियाको ध्यान आमिर खान तिर गएको छ ।
केही समय पहिले फिल्म धुम ३ मार्फत धुम मच्चाएका आमिर अभिनित फिल्म पीकेको चर्चा बढेको छ ।
चलचित्रमा फरक भुमिका चयन गर्ने आमिर खानको फिल्म पीकेको पोष्टर पनि फरक रुपमा सार्वजनिक भएको छ ।
सबैलाई अचम्ममा पार्दै आमिर खान पोष्टरमा नागिंएका छन् । डिसेम्बर महिनामा रिलिज हुने फिल्म पीकेको पोष्टरमा आमिर खानको नांगो रुप देख्न सकिन्छ ।
राजकुमार हिरानीले निर्देशन गरेको पीकेमा आमिरको साथमा अभिनेत्री अनुष्का शर्माको पनि अभिनय रहेको छ
0 comments:
Post a Comment