728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 20, 2014

    नेपालले जित्यो यू-१६ प्रिमियर क्रिकेटको उपाधि, मलेसिया ३२ रनले पराजित, थप विवरण पढ्नको लागि यो लिंकमा थिच्नुहोस्>>>>

    डिसीनेपाल डटकम संवाददाता - एसिसी प्रिमियर लिग यु–१६ क्रिकेटको उपाधि नेपालले जित्न सफल भएको छ । आयोजक मलेसियालार्इ ३२ रनले पराजित गर्दै नेपाल उपाधि जित्न सफल भएको हो ।

    १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया ३६।२ ओभरमा १ सय २९ रन बनाउँदा अल आउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । नेपालका पवन सर्राफले ४४, रवि चन्दले ३४ रनको योगदान गरे ।

    जितसँगै नेपालले यसअघि एसिसी यु–१६ एलिट कपको अन्तिम संस्करणको फाइनलमा २ वर्षअघि मलेसियासँग व्यहोरेको १ विकेटको हारको बदला पनि लियो ।

    यसअघि एसिसीले यु १६ एलिट कपको नाममा १६ वर्ष मुनिको उमेर समूहको प्रतियोगिता आयोजना गर्ने गरेको थियो । जसको पहिलो संस्करण नेपालमै आयोजना भएको थियो । त्यो प्रतियोगिताको फाइनलमा नेपाल सिंगापुरसँग ६८ रनले पराजित भयो । नेपालले एसिसी यु–१५ दुईपल्ट, यु–१७ एकपल्ट र यु–१९ क्रिकेटको उपाधि चारपल्ट जितिसकेको छ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालले जित्यो यू-१६ प्रिमियर क्रिकेटको उपाधि, मलेसिया ३२ रनले पराजित, थप विवरण पढ्नको लागि यो लिंकमा थिच्नुहोस्>>>> Rating: 5 Reviewed By: Unknown
    Scroll to Top