728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, May 9, 2013

    मुक्तक

    SURYA KHATRI GAJALKAR

    गुनको पैँचो मागी मागी बैगुन तिरौँ भन्छ मान्छे
    राँको चाहिए अर्काको मन चिरौँ भन्छ मान्छे
    बुझ्नै गाह्रो संसारमा हजुर् मान्छे बहुरुपी
    अर्कोलाई भिरमा ठेली आफु फिरौँ भन्छ मान्छे

    नेपाली हुँ भेट्ने भए पखेरो र बारीमा जाऊ
    ब्याले र ओपेरा जान्दिन म सालेजो र हाक्पारे गाउ
    के हाम्रो अस्तित्व र पहिचान छैन यहाँ ?
    मेरै माटो सुहाउँदो चौबन्दी र सारीमा आऊ


    मुर्छा पर्दै भए पनि आखिर् जिन्दगी त चलेकै छ
    प्रेमको दियो निभ्यो के भो?पिरको दियो बलेकै छ
    बसाइँ छोडि ग'को दिलको तिम्लाई केको सोधीखोजी
    बलेनकि भनी पिर नगरनु पलपल मुटु जलेकैछ

    अस्तीसम्म नबिटुलिएको सङ्लो बैसको काहानी
    एकदिन चेब्र्याइँ घस्छ प्रणयदिबस गर्न मनोमानी
    भ्यालेन्टाइन्को कोलमा चेपेर इस्खलित निबुवाकोबोक्रो
    थुक्क!महको फोस्रो चाको भएछ आज मेरो जवानी

    चोट दि रेटे पनि सारङ्गी त बोल्छ मिठै गीत
    जुनेली यो रोए पनि झर्छ टल पल सुन्दर सीत
    चट्ट काटी चाख्न पनि नमिल्ने कस्तो यो दिल
    यती कोमल मनले किन लाउछ मान्छे मुटु रेट्ने प्रित
    मुक्तककार
    सूर्य खत्री
    हाल कोरिया
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मुक्तक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top