728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, May 14, 2013

    अफगानिस्तानमा पाँच तालिवानी मारिए


    काबुल, वैशाख ३१ - अफगानिस्तानमा तालिवानी सशस्त्र हतियारधारीका विरुद्धमा सरकारी सेना तथा नेटो सैन्यद्वारा संयुक्त रुपमा गरिएको कारबाहीमा परी कम्तीमा पनि पाँच तालिवानी हतियारधारी मारिएको छ ।
    अफगानिस्तानको गृह मन्त्रालयद्वारा मङ्गलाबर जारी विज्ञप्तिमा ती हतियारधारी मारिएको जनाइएको हो । प्राप्त समाचारमा यस कारबाहीका क्रममा अरु केही हतियारधारी पक्राउ परेका छन् ।
    सरकारी सेना र नेटो सैन्यले गत २४ घन्टामा गरिएको कारबाहीका क्रममा ती हतियारधारी मारिएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
    afganistanअफगानिस्तानमा तालवानी लडाकूका विरुद्ध नेटो र सरकारी सेनाले संयुक्त रुपमा कारबाही गर्ने गरेका छन् । सो कारबाही जारी नै रहँदा मङ्गलबार ती हतिायरधारी मारिएको बताइएको हो ।
    अफगानिस्तानका विभिन्न सहरमा गरिएको कारबाहीमा ती सैनिक मारिएका बताइएको छ । सो क्रममा सेनाले हतियार पनि बरामद गरेको छ ।
    अफगानिस्तानमा सुरक्षा प्रदान गरिरहेको नेटो सैनिकले आगामी सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छोडिसक्ने जानकारी यसअघि नै दिइसकेको छ ।
    तर सो समय नजिकिँदै गर्दापनि त्यहाँ शान्ति सुरक्षाको राम्रो प्रबन्ध भने हुन सकिरहेको छैन । तालिवानीहरुले पनि विभिन्न समयमा सुरक्षाकर्मी तथा सर्वसाधारणको हत्या गर्ने गरेका छन् । रासस/सिन्ह्वा  

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अफगानिस्तानमा पाँच तालिवानी मारिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top