ठिंगन (मकवानपुर), वैशाख २८ - घर छैन, बुढेसकालमा सुसार गर्ने पनि कोही छैन । क्षतिग्रस्त प्रहरी चौकी उनको सहारा बनेको छ । बम विस्फोटले भ्वाङ परेको भवन । तिनै भ्वाङ यिनका लागि झ्यालढोका बनेका छन् । थाप्लोमाथि सिमेन्टको ढलान चर्केको छ । त्यो झर्ने खतरा छ । चौकी भवन नजिक फुसको घर जलेर खरानी भएपछि क्षतिग्रस्त प्रहरी चौकी भवनमा बस्न पाएकोमा उनी दंग छन् ।
ठिंगन ३ का ७० वषर्ीय हरिबहादुर घले १ दशकदेखि त्यही प्रहरी चौकीमा बस्दै आएका छन् । सशस्त्र द्वन्द्वको अवस्थामा माओवादी विद्रोहीले प्रहरी चौकीमा बम विस्फोट गर्नुका साथै आगजनी गर्ने क्रममा घलेको छाप्रो खरानी भएको थियो । चौकीे भवनसँगै उनको छाप्रो थियो । २०५८ असार २८ तत्कालीन विद्रोही माओवादीले बम विस्फोटसँगै आगजनी गरेर चौकी ध्वस्त बनाएका थिए । त्यहींबाट निस्केको आगोले घलेको घर खरानी बनाएको थियो । उनले भने, 'चौकीको भवनमा बम विस्फोट भएको आवाज सुन्ने वित्तिकै बूढाबूढी भागेर स्कुल छेउ डाँडामा गएका थियौं । चौकीमा लागेको आगो घरमा सल्केर खरानी भयो ।' क्षतिग्रस्त चौकीमा बस्न आउँदा उनको साथमा पत्नी थिइन् । छोरा बुहारी थिए । अहिले नियमित भवनमा उनीमात्र बस्छन् । ८ वर्षअघि पत्नी त्यही भवनमा बितिन् । बुहारीले दोस्रो विवाह गरेर गइन् । ४० वषर्ीय छोरा रेशमबहादुर आक्कल झुक्कल आउने गर्छन् । सशस्त्र द्वन्द्वको अवस्थामा घर खरानी भए पनि उनले कतैबाट अहिलेसम्म केही राहत नपाएको गुनासो गरे । उनले भने, 'हाम्रो को छ र हजुर राहत पाउनु ?' नजिकको स्याउले छाप्रोमा स्थ्ाानीय जातका २ गाई पालेका छन् । घलेले २०५५ सालमा बिक्री गरेको जग्गामा प्रहरी चौकी बनेको थियो । बम विस्फोटअघि प्रहरी चौकी हेटांैडामा स्थ्ाानान्तरण गरिएको थियो । हेटांैडाबाट ४२ किलोमिटर पूर्वमा पर्ने ठिंगनमा मुुलुक शान्ति प्रक्रियामा आएपछि इप्रका राखिएको छ ।
0 comments:
Post a Comment