728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, May 16, 2013

    माओवादीले हतियार बुझाएनन्

    काठमाडौ, जेष्ठ ३ - नेकपा माओवादीका नेताहरूले समायोजन प्रक्रिया चलिरहेका बेला व्यक्तिगत सुरक्षाका लागि लिएको हतियार बुझाउन सरकारले दिएको अल्टिमेटमको बेवास्ता गरेका छन् । गत चैत २२ मा दिइएको अल्टिमेटम मंगलबार सकिएको हो । गृह मन्त्रालयका अधिकारीहरूले कुनै माओवादी नेताले प्रहरीसमक्ष त्यस्ता हतियार नबुझाएको बताए । 'हतियार बुझाइयो भन्ने मेरो जानकारीमा आएको छैन,' गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले भने ।
    लडाकु समायोजन प्रक्रियामा सहभागी हुनुअघि शीर्ष नेताले ९४ हतियारसहित लडाकुको सुरक्षा लिएका थिए । ती लडाकुहरू कोही समायोजन, कोही स्वैच्छिक अवकाश त कोही पुनःस्थापनामा गए । उनीहरूसँगको ६२ वटा हतियार सरकारलाई बुझाइसकिएको छ भने ७ वटा विभिन्न सुरक्षा जाँचका क्रममा प्रहरीले बरामद गरेको छ । बाँकी २५ हतियार कहाँ गयो भन्ने विवाद चलिरहेको छ । चैतमै समय
    gun
    सकिएको विशेष समितिसम्बद्ध स्रोत अनुसार तीमध्ये १९ हतियार एमाओवादीबाट फुटेर बनेको नेकपा माओवादीसँग छ ।
    सरकारी विवरणअनुसार पहिले नै पार्टी छाडेका मातृका यादवले एक एसएलआर, एक एके-४७ र तीन पेस्तोलसहित पाँच हतियार लगेका थिए । एक हतियार एमाओवादी नेतासँग छ ।
    नेकपा माओवादी अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापालगायत शीर्ष नेताहरूले हतियार नबुझाएको समितिको विवरणमा छ । समितिकै निर्णय अनुमोदन गर्दै चैत २२ को मन्त्रिपरिषद् बैठकले बाहिर रहेका हतियार वैशाख मसान्तभित्रै बुझाउन सम्बद्ध पक्षलाई अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएकाले अब मन्त्रिपरिषद्बाट हतियार को-कोसँग के-के हतियार छ भन्ने बुझी कारबाही प्रक्रिया सुरु गरिने गृहका अधिकारीहरूले बताए । पुनः अनौपचारिक पहल गर्दा पनि हतियार फिर्ता नआए केही नेताको घरमा छापा मारिन सक्ने ती अधिकारीले उल्लेख गरे ।
    लडाकु समायोजन प्रक्रिया अघि बढेसँगै एमाओवादीतर्फका अधिकांश नेताले हतियार बुझाएका थिए । तर समायोजन लगायतकै विषयमा संस्थापन पक्षबाट अलग्गिएका माओवादी नेताले भने नबुझाएको विशेष समिति स्रोतले बतायो ।
    समितिको विवरणअनुसार माओवादी नेताहरूसँग गलिल, एसएमजी, इन्सास, एसएलआर, ठूलो/सानो चाइनिज माउजर, ब्राउनिङ माउजरजस्ता संवेदनशील हतियार छन् । यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको उक्त पार्टीसँग त्यस्ता आधुनिक हतियार हुनुलाई सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको छ । समितिको विवरणअनुसार अध्यक्ष वैद्यसँग इन्सास, एसएमजीसहित ३ हतियार छन् । त्यसैगरी महासचिव रामबहादुर थापासँग गलिलसहित २, 'जनयुद्ध' मै जानुपर्छ भन्ने कडा धारणा राख्ने सचिव नेत्रविक्रम चन्दसँग एसएलआर, इन्साससहित ३ हतियार छन् । ती विभिन्न हतियारमा प्रगोग हुने ३ सय ८४ गोली र २१ वटा म्यागजिनसमेत माओवादी नेताहरूसँग रहेको समितिको विवरणमा छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: माओवादीले हतियार बुझाएनन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top