728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, May 10, 2013

    राजीनामा माग्नेलाई खिलराजले थर्काए सिंहदरबारको सर्वदलीय बैठक निश्कर्षहीन

    २७ वैशाख, काठमाण्डौ । झट्ट हेर्दा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी कसैलाई हप्काउने खालको कडा स्वाभावको मानिसजस्तो देखिनुहुन्न । तर, शुक्रबार रेग्मी आफैंले सिंहदरबारमा बोलाएको सर्वादलीय बैठकमा केही दलका नेताले राजीनामा मागेपछि रेग्मीले केहीबेर आफ्नो रौद्ररुप देखाउनुभयो । सिंहदरबारमा आयोजित बैठकमा अशोक राईलगायतका केही साना दलका नेताले चुनावी सरकार गठनप्रति आपत्ति जनाउँदै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको राजीनामा माग गरेका थिए । ‘

    सर्वदलीय बैठकमा केही दलले रेग्मीको राजीनामा माग गरेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भन्नुभयो । ढकालका अनुसार वैठकमा नेकपा संयुक्त, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी, लगायतका केही साना दलहरुले रेग्मीको राजीनामा माग गरेका हुन् ।वैठकमा संघीय समाजवादीका अध्यक्ष अशोक राईले आफूहरु निर्वाचनको विरोधी नभएको स्पष्ट पार्नुभएको थियो । राईले बैठकमा सरकारले आन्दोलनरत दललाई वार्तामा बोलाउनु सकारात्मक रहेको बताउनुभयो । बैठकमा राईले भन्नुभयो,’हामीलाई बार्तामा बोलाउनु सरकारको सकारात्मक कुरा हो । तर चुनावी सरकार गठनप्रति हामीले पहिले देखि नै आपत्ति जनाउँदै आएका हौं । त्यसैले अध्यक्ष रेग्मीको राजीनामा आउनुपर्छ र दलकै नेतृत्वमा निर्वाचनमा जानु पर्छ ।’
    राजीनामा माग्नेहरुलाई जवाफ दिँदै अध्यक्ष रेग्मीले चुनावमा जान आफ्नो नेतृत्वमा राजनीतिक दलहरुले नै सरकार बनाएको भन्दै चुनावी सरकारको राजीनामा नमाग्न आन्दोलनरत ३३ दललाई आग्रह गर्नुभयो । बैठकमा रेग्मीले दलहरुलाई आफू प्रधानन्यायाधीश जस्तो स्वतन्त्र व्यक्तिले गराएको चुनाव स्वतन्त्र नभए चुनावमा भाग लिने दलले गराएको चुनावचाँहि निष्पक्ष हुन्छ ? भन्दै कडा प्रश्नसमेत गर्नुभयो । रेग्मीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मैले गराएको निर्वाचन निष्पक्ष हुँदैन भन्नु ढुंगामा हलो अड्काउनु हो । मैले गराएको निर्वाचन निष्पक्ष हुँदैन भने तपाईहरुले गराएको निर्वाचन कसरी निष्पक्ष हुन्छ ?’
    बैठकमा रेग्मीले निर्वाचनको विकल्प नरहेको भन्दै आन्दोलनरत दलहरुलाई सहमतिमा आउन आग्रह गर्नुभएको थियो । रेग्मीले आफू निर्वाचनको विरोधी नरहेको भन्दै थप छलफलपछि चुनावको मिति तोक्ने बताउनुभएको थियो । सरकारले बोलाएको बैठकमा निर्वाचन आयोगमा भर्खरै दर्ता भएका ३० दलका ३० जना नेताले बोलेका थिए । सिंहदरवारस्थित डा हर्क गुरुङ हलमा बसेको सर्वदलीय वैठकमा चुनावी सरकार गठनको प्रक्रियादेखि, राष्ट्रपति डा रामवरण यादवले जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाउ र प्रमुख चार दलवीच भएको ११ बुँदे सहमतिप्रति आफूहरुको आपत्ति रहेको भन्दै केही दलले सर्वदलीय बैठकमै मन्त्रिपरिषद अध्यक्ष रेग्मीको राजीनामा माग गरेका हुन् ।
    थ्रेसहोल्डवारे प्रमुख दलवीच नै विवाद
    वैठकमा प्रमुख दलहरुवीच नै निर्वाचन सम्बन्धी थ्रेसहोल्ड हटाउने, नहटाउनेबारे विवाद भएको छ । वैठकमा एकीकृत माओवादी, मधेश मोर्चालगायत साना दलहरुले अघिल्लो संविधानसभाको निर्वाचनजस्तै निर्वाचनमा दलहरुलाई सहभागी गराउनु पर्ने माग गरेका छन् । बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले धेरैभन्दा धेरै दलहरुलाई निर्वाचनमा सहभागी गराउनु पर्ने भएकाले थ्रेसहोल्ड लागू गर्न नहुनेमा जोड दिनु भएको थियो ।
    प्रचण्डको भनाइ उध्रित गर्दै परिवार दलका नेता ढकालले भन्नुभयो, ‘निर्वाचनमा जति सक्यो धेरै दललाई सहभागी गराउनुपर्छ । थ्रेसहोल्ड कायम गर्दा धेरै दल निर्वाचनमा सहभागी हुन नपाउने अवस्था सिर्जना हुन्छ । त्यसैले सबै दललाई हित हुने गरी पुरानै व्यवस्था अनुसार निर्वाचनमा जाऔँ ।’ प्रचण्डले वैठकमा प्रत्यक्ष २ सय ४० र समानुपातिक ३ सय ३५ समानुपाति एवं मनोनितमा २६ जना रहने पुरानै व्यवस्था गर्नुपर्ने वताउनु भएको थियो । बैठकमा एमाओवादीसहित मधेशी मोर्चा, अधिकांश साना दलले पनि थ्रेसहोल्डको व्यवस्था हटाएर पुरानै व्यवस्था अनुसार निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । तर काँग्रेस, एमाले, राजपा र राप्रपाले भने निर्वाचन आयोगले प्रस्ताव गरेको थ्रेसहोल्डको व्यवस्था ठीक रहेको भन्दै निर्वाचन आयोगको समर्थन गरेका थिए ।
    बैठकमा काँग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन सम्बन्धि व्यवस्था अनुसार नै निर्वाचनमा जानु पर्नेमा जोड दिनु भएको थियो । ‘ एमाले अध्यक्ष खनालले सवै दललाई समान मान्ने हो भने किन थ्रेस होल्ड लागू नगर्ने, किन डराएको भन्दै प्रश्न तेर्‍याउनु भएको थियो ।’ नेपाल परिवार दलका अध्यक्ष ढकालले अनलाइनखबरसंग भन्नुभयो । बैठकमा काँग्रेस उपसभापति रामचन्द्र पौडेलले निर्वाचनको विकल्प नरहेको भन्दै छिटो निर्वाचनमा जानु पर्नेमा जोड दिनुभएको थियो । पौडेलले आवश्यकता र जनमतका आधारमा निर्वाचन आयोगले प्रस्ताव गरेको थ्रेसहोल्डको व्यवस्था ठीक रहेको र त्यहीअनुसार निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको थियो । पौडेलले संविधानसभामा सिट संख्या यसअघि दलहरुवीच नै भएको सहमति अनुसार ४ सय ९१ नै कायम गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राजीनामा माग्नेलाई खिलराजले थर्काए सिंहदरबारको सर्वदलीय बैठक निश्कर्षहीन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top